दैनिक १४ सय लिटर दुध बेच्ने बम्घा गाउँ

मेचीकाली संवाददाता

२० श्रावण २०८२, सोमबार
173 shares

टोपलाल अर्याल

गुल्मी । रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका महेन्द्र पुरीलाई दैनिक सहकारीमा दुध पु¥याउने चटारो छ । बिहान सवेरैबाट साँझ अवरैसम्म गोठकै कामले भ्याइनभ्याइँ छ । दैनिक ४० लिटर दुध बेच्ने पुरीले मासिका ८० देखि ९० हजार कमाउँदै आउनु भएको छ । सोहि गाउँकै बाबुराम श्रेष्ठले सहकारीमा सवैभन्दा बढि दुध बेच्छन् । अवकास प्राप्त भारतीय सेना श्रेष्ठले सहकारीमा दैनिक ९० लिटर बढि दुध बिक्री गर्दै आएका छन् । जेठ महिनामा श्रेष्ठले दुधबाटै एक लाख ६० हजार भन्दा बढि कमाई गरे ।

२०६५ सालमा बम्घाका किसान मिलेर १८ लिटर दुध संकलन गर्थे । अहिले त्यहि बम्घा गाउँले दैनिक चौध सय लिटर बढि दुध बिक्री गर्दै आएको छ । तत्कालिन मालिका गाइपालन समुहबाट दुध संकलन थालेका स्थानीयले पछि सहकारी दर्ता गरेर काम अगाडी बढाएका थिए । तत्कालिन गाविस र जिविसहुँदै अहिले तहका सरकार र निकायबाट सहकारीले सहयोग पाइरहेको छ । बम्घा बहुउदेश्यीय सहकारी संस्था रुरुक्षेत्र गाउँपालिका–५ बम्घामा अहिले १८८ जना शेयर सदस्य छन् । भने सहकारी मार्फत जोडिएर ११९ जनाले व्यावसायीक रुपमा दुधको कारोवार गर्दै आएका छन् ।

इश्वर डेरी मार्फत जिल्लाका विभिन्न ठाउँमा दुध बिक्री वितरण हुने सहकारीले जनाएको छ । सहकारी मार्फत किसानले प्रतिलिटर न्यूनतम ६५ देखि १२० रुपियाँसम्म मुल्य पाउँछन् । संस्थाले मासिक रुपमा ३० लाख रुपियाँ बराबरको दुधको कारोबार गर्दै आएको बम्घा बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कुलचन्द्र पुरीले जानकारी दिए । सहकारी मार्फत दैनिक तिन जनाले रोजगारी पाएका छन् । बम्घामा अहिल करिव १६० गाई र २० वटा भैसी छन् । अहिले पाँच वटा व्यावसायीक फर्म बाँकी ८५ प्रतिशत व्यक्तिहरुकै दुध आफुहरुले संकलन गरिरहेको बम्घा बहुउदेश्यीय सहकारी संस्थाका सचिव मेघराज गिरीले जानकारी दिए । गिरीका अनुसार बम्घामा दैनिक न्यूनतम एक देखि अधिकतम करिव सय लिटर सम्म दुध उत्पादन गर्ने किसानहरु रहेका छन् ।

२०८० सालमा लम्पीस्किन रोगबाट सहकारीमा आवद्ध किसानका ३४ वटा गाईहरु मरे । सहकारीमा संकलन हुँदै आएको एक हजार लिटर दुध घटेर ३०० लिटरमा झ¥यो । किसानहरु निराश भएर पेसाबाटै बिस्थापित हुने अवस्था थियो । तर, गाईको बिमा भएकाले कम्पनीले सहज भुक्तानी ग¥यो । गाउँपालिकाको प्रति गाई १० हजार सहयोग, रुरु कृषि परियोजनाले दुई बर्ष ७८ गाई खरिद गरेर किसानलाई ४० हजार अनुदानमा वितरण गरेकाले आफुहरु पुरानो अवस्थाभन्दा पनि माथि उठेको गिरीले बताए । उनले लुम्बिनी प्रदेश सरकारले बिज्ञ केन्द्र मार्फत प्रतिलिटर दुई रुपियाँ र रुरु क्षेत्र गाउँपालिकाले प्रतिलिटर तिन रुपियाँ उत्पादनमा आधारित अनुदान सहयोग गर्ने भएकाले पनि किसानलाई उर्जा प्राप्त भएको बताए ।

रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले आफुहरुले साढे तिन करोडको रुरु कृषि परियोजनानै निर्माण गरेर कृषि र पशुपालनको क्षेत्रमा काम गरिरहेको बताए । उनले प्रविधी र प्राविधीक सहयोग, बिउ, सीप र अनुदान प्रदान गर्दै आएको ज्ञवालीले बताए ।