

मिलन गाहा
बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले लामो समयदेखी बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको छ ।
गाउँपालीकामा आबेदन भएअनुसार १ हजार ४ सय भूमिहिन तथा अव्यवस्थीत बसोबास रहेको तथ्यांक संकलन गरीएको छ । भूमि आयोग पाल्पाका अध्यक्ष रामबहादुर कार्की, गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठलगायतले निस्सा वितरण गरेका हुन् ।
निस्सा वितरण गर्दै अध्यक्ष कार्कीले नेपाल सरकारको नियम अनुसार मात्र भूमिहिनलाई लालपुर्जा बितरण हुने भएकाले आबश्यक प्रकृया पुरा गर्नु पर्ने बताए । नेपालभित्र परीवारका कुनैपनी सदस्यका नाममा जग्गा जमीन नगद तथा जग्गा बाहेक अचल सम्पत्ती भएपनी सो प्रकृयामा समाबेश नहुने बताए ।
कार्यक्रममा तिनाउ गाउँपालीकाका अध्यक्ष प्रेम श्रेष्ठले सुकुम्बासी नागरिकले निस्सा प्राप्त गरेसँगै अब लालपुर्जा पाउने बाटो खुलेको बताए । सरकारको कानुन भन्दा माथी नभएकाले मापदण्ड अनुसार पुर्जा प्रदान गरीने उनले बताए । अब बाँकी प्रकृया गरेपछि पुर्जा बितरण गरीने उनले बताए । सरकारले बनाएको मापदण्ड सबैले अनुशरण गर्नसमेत अध्यक्ष श्रेष्ठले सुझाउदै अझैपनी नागरीक स्तरमा यो बिषयमा जानकारी नभएको पाइएपछि भ्रम हटाउन कार्यक्रमको आयोजना गरीएको बताए ।
तिनाउ गाउँपालीकामा हालसम्म २ हजार ८ जना भूमिहिन दलीत रहेका छन् भने भूमिहिन सुकुम्बासीको संख्या १७६ र अव्यवस्थीत बसोबास १ हजार ४ सयको संख्यामा रहेको तिनाउ गाउँपालीकाका प्रमुख प्रशासकीय अधीकृत दिनेश सारुले बताए । प्रशासनिक कामहरुमा समस्या भएमा पालिका तथा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गर्न उनले अनुरोध गरे । निस्सा वितरण कार्यक्रममा तिनाउका ६ वटै वडाका अध्यक्षहरु, भूमि आयोगका सदस्यहरु समेतको उपस्थीती रहेको थियो ।