

बुटवल, भदौ १ (मेसस) । साधना सांस्कृतिक कला केन्द्र, बुटवलको आयोजनामा भएको मिस तीज अफ स्कुल सिजन फाइभको उपाधि एपेक्स स्कुलकी नित्या श्रेष्ठले चुमेकी छिन् । शनिबार भएको ग्राण्ड फिनालीमा सबैलाई पछाडि पार्दै श्रेष्ठले उपाधि चुमेकी हुन् ।
त्यस्तै फस्ट रनरअप लुम्बिनी बोर्डिङ स्कुलकी एलसी खड्का र सेकेन्ड रनरअप ज्ञानगंगा पाठशालाकी सुहाना थापा भएकी छन् । त्यस्तै गरी उत्कृष्ट दर्शक छनौटमा कुँवरवर्ती बोर्डिङ स्कुलकी आस्ना थापा छानिएकी छन् । विजताहरुले क्रमस उपाधि चुमेकी श्रेष्ठले १५ हजार, फस्ट रनरअप र उत्कृष्ट दर्शक छनौटमा परका खड्का र थापाले १०÷१० हजार र सेकेन्ड रनरअपले ५ हजार नगद पुरस्कार र प्रमाणपत्र हात पारेका छन् ।
विजेताहरुलाई लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भगवती अधिकारीले पुरस्कार वितरण गरिन् । जिल्लाभरिबाट सहभागी ६५ जनाको अडिसनबाट २२ जना छनौट भएका थिए । विद्यार्थीको व्यक्तित्व विकास गर्दै आफूलाई निखार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक अभिषेक भारीले जानकारी दिए । अडिसनबाट छनौट भएकालाई १५ दिनको तालिमपछि फाइनल प्रतिस्पर्धामा भाग लिने बनाइएको कला केन्द्रकी प्रबन्ध निर्देशक प्रिंयका थापाले जानकारी दिइन् । साधानाले हरेक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । अनु रजकको अध्यक्षता तथा सुदीप ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।