लायन्स क्लब अफ बुटवल देउरालीले मनायो आठौँ वार्षिकोत्सव

मेचीकाली संवाददाता

३ भाद्र २०८२, मंगलवार
74 shares

बुटवल । लायन्स क्लब अफ बुटवल देउरालीले एक समारोहको आयोजना गरी आठौँ चार्टर्ड वार्षिकोत्सव मनाएको छ ।

कार्यक्रमको लायन्स इन्टरनेशनल ३२५ पि का डिष्ट्रिक गभर्नर पिएमजेएफ लायन बालाराम भट्टराईले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले लायन्स क्लब अफ बुटवल देउरालीले नाम अनुसारको काम गर्न सफल भएको भन्दै आगामी दिनमा क्लबलाइ अझ उचाइमा पु¥याउने गरी लाग्नुपर्ने बताए । ‘क्लबमा आबद्ध भएर सदस्य बनिसकेपछि हामीले मर्यादा र अनुशासनलाई पहिलो प्राथमिकता दिनुपर्छ । केहि समस्या भए आन्तरीक छलफलका माध्यमबाट समाधान खोज्नुपर्छ ।’, भट्टराईले भने ।

वर्ष २०२५/२६ का अध्यक्ष माधवराज पोखरेलले नेतृत्व सम्हालेपछि साढे एक महिनाको छोटो अबधिमै बिभिन्न सामाजिक कामहरु सम्पन्न भइसकेको भन्दै उनले यही गतीमा कार्यक्रम गर्दै क्लबलाई अघि बढाउन सके उत्कृट काम गर्ने पहिलो क्लब बन्ने बिश्वास व्यक्त गरे । उनले लायन्स क्लब अफ बुटवल देउरालीले अगाडि बढाउने कार्यक्रम र अभियानहरु फरक र प्रभावकारी हुनुपर्नेमा जोड दिदै क्लबका अध्यक्षले डिष्ट्रिक्टमा पहिलो एमजीएफ लिएकोमा खुलेर प्रशंसा गरे । साथै स्थापनाको छोटो समयमै क्लबलाई यो स्थानमा पु¥याउन संस्थापक तथा पूर्व अध्यक्षहरुको योगदानको प्रशंसा गर्दै उनले क्लबका सदस्यहरुलाई अनुशासनमा रहेर सक्रियताका साथ सामाजिक सेवाका काममा अग्रसर हुन आग्रह गरे ।

यस्तै कार्यक्रममा पिडिजी पिएमजेफ लायन अर्जुनमान संैजुले सेवा भावका साथ समाजमा उत्कृट काम गर्दै अघि बढ्नुपर्ने धारणा राखे । साथै उनले क्लबले सञ्चालन गर्ने नविनतम कार्यक्रमहरुमा डिष्ट्रकले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । पिडिजी पिएमजेफ नवराज न्यौपानेले लायन्सका सदस्यहरुले आफू अनुशासनमा रहेर सामाजिक कामका माध्यमबाट समाज रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

क्लबका संस्थापक अध्यक्ष टिकाराम बञ्जाडेले आफ्नो व्यवसाय सँगसँगै सेवा प्रदान गर्ने उद्देश्यले स्थापना भएको क्लबले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दाबी गरे । स्थापना भइसकेका क्लब र सदस्यहरुलाई जोगाइराख्न चुनौती भइरहेको अबस्थामा नेतृत्वलाई नयाँ क्लब खोल्ने भन्दापनि सदस्यहरुलाई जोगाइराख्ने गरी दिर्घकालिन योजना बनाएर अघि बढ्न आग्रह गरे ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष एमजेएफ ज्ञानप्रसाद पौडेल, पुर्व अध्यक्ष तथा जोन चियर प्रर्शन रमेश पाण्डे, एरीया–३ का एरीया चिफ कोर्डिनेटर कष्ण प्रसाद पाण्डे, लगायतले बोल्दै विगत वर्ष भन्दा अझ धेरै र प्रभावकारी सामाजिक काम गर्न सुझाव दिए ।

क्लबका अध्यक्ष माधवराज पोखरेलले लायन्स क्लब अफ बुटवल देउरालीको गरिमालाई थप उचाइमा पु¥याउन लायन्सको मर्म र भावनाअनुसार सामाजिक गतिविधिहरुलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । आफूले क्लबको नेतृत्व सम्हालेको छोटो समयमै सरसफाई, आत्मरक्षा तालिम, आश्रममा खाद्यान्न सहयोग, स्वास्थ्य शिविर लगायतका कार्यक्रम सम्पन्न भइसकेको अध्यक्ष पोखरेलले जानकारी गराए । आगामी दिनमा पनि नयाँ क्लबहरु स्थापना, स्वास्थ्य शिविर, रक्तदान, क्लब ब्राण्डिङ, सदस्यता बृद्धि, आजीवन सदस्यता विस्तार, लायन्स अभिमुखीकरण, फेलोसिप, फण्ड राइजिङ, शैक्षिक सामग्री वितरण, क्लब भिजिट लगायतका कार्यक्रमहरु गर्ने कार्ययोजना रहेको अध्यक्ष पोखरेलले बताए ।

वार्षिकोत्सवका अवसरमा क्लबका संथापक अध्यक्ष टिकाराम बञ्जाडे, पुर्व अध्यक्षहरु लोकनाथ न्यौपाने, रमेश पाण्डे, ज्ञानप्रसाद पौडेल, रमेशप्रसाद पाण्डे, दीपक पन्थी, कृष्णप्रसाद भण्डारीलाई सम्मान गरीएको थियो । साथै डिष्ट्रीक गभर्नर टिम, क्लबलाई सहयोग गर्ने संघसंस्था तथा विभिन्न व्यक्तीहरुलाई सम्मान गरीएको थियो । सोही अबसरमा लायन्स क्लब अफ बुटवल देउरालीको स्पोन्सरमा निलकण्ठ भुसालको नेतृत्वमा १५औँ क्लब लायन्स क्लब अफ बुटवल सारथी घोषणा गरीएको थियो । भने क्लबले प्रकाशन गरेको डाइरेक्टी बिमोचनसमेत गरीएको थियो ।

कार्यक्रममा आइपिडिजी एमजेफ लायन पुरुषोत्तमभक्त प्रधानाङ्ग, एमजेफ लायन एम.एल पाण्डे, बुटवल उपमहानगरपालिकाका पूर्व नगरप्रमुख पुनाराम पोखरेल, बिभिन्न क्लबका अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । क्लबका सचिव मनोहर न्यौपानेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा गीत तथा रोचक नृत्य प्रस्तुतिसमेत रहेको थियो ।