

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि कर्फ्यू जारी गरेको छ । आज अपराह्न चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू जारी गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बुटवलदेखि भैरहवासम्मको क्षेत्रमा कर्फ्यू जारी गरेको जानकारी दिए ।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध जेनजी युवाहरुले प्रदर्शन गरेका थिए ।
