समाजसेवी मनवीरको १४ औँ स्मृति कार्यक्रम

मेचीकाली संवाददाता

७ आश्विन २०८२, मंगलवार
144 shares

बुटवल । वरिष्ठ समाजसेवी मनवीर गर्बुजा पुन मगरको १४ आँै स्मृति कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । समाजसेवी गर्बुजाको सम्झनामा मंगलबार तिलोत्तमा अवस्थित अन्तर्राष्ट्रिय परियति बुद्ध बिहारमा भोजन दान तथा पूजा अर्चना गरी गर्बुजालाई समझना गरिएको हो ।

स्वर्गीय गर्बुजाले समाजमा पु¥याएको योगदानलाई भुल्न नसकिने भएकाले उनको सम्झना सदा दिगो रहेको छ । यसपालि गर्बुजाको नाममा रहेको समाजसेवी पुरस्कार भने वितरण नगरिएको मनवीर अक्षय कोषका अध्यक्ष तुलवीर गर्बुजाले बताए । त्स्तै क्या.जनक थापाले रेडियो समावेशीमा स्थापना गरीएको पत्रकारीता पुुरस्कार पनी यसपालि वितरण नगरिएको बताए ।

विगत वर्षमा जस्तै स्व माया गर्बुजाको ७ औँ स्मृति कार्यक्रम पनिसंगसंगै गरिएको छोरी मनकुमारी गर्बुजा गुरुङ्गले बताइन् । बाबा आमाको सम्झनामा गर्ने कार्यक्रम भव्य गर्ने भनिएता पनि परिस्थिति अनुुकुल नहुँदा सामान्य रुपमा गरिएको छोरी साम पुन बताउँछिन् ।

स्व.बाबा आमाको स्मृतीमा ओमी पुनले सञ्चालन गरेको छोरी शिक्षामा केही सहयोगसमेत गरेको कान्छी छोरी जुनकीरी गर्बुजा बताउँछिन् । ३ छोरी र १ छोरा भएता पनि छोरा कार्यक्रममा उपस्थित देखिएनन् । स्मृति कार्यक्रममा इस्टमित्र छरछिटमेक र शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले गर्बुजाको निस्वार्थ समाज सेवाको प्रशंसा गरेको थिए ।