होटल पौवामा सराय नाच प्रदर्शन हुँदै

मेचीकाली संवाददाता

२३ आश्विन २०८२, बिहीबार
55 shares

बुटवल । लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले होटल पौवाले बडादशैं २०८२ को अवसरमा यस वर्ष पनि सराय नाच सांस्कृतिक महोत्सवको आयोजना गर्दैछ । तिलोत्तमा–३, योगीकुटीमा अवस्थित होटल पौवामा भोलि शनिबार लोपोन्मुख सराय नाचको प्रदर्शन हुने भएको छ । यसवर्ष पौवा सराय नाच सांस्कृतिक महोत्सवमा पाल्पाको मुझुङ रैनादेवी छहारा वडा नं. ५ कालिका युवा क्लबका कलाकारहरूको टोलीले सराय नाचसँगै अन्य विविध सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नेछन् ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको होटल पौवाका ब्राण्डिङ विभाग प्रमुख तथा मार्केटिङ हेड विष्णु भण्डारीले जानकारी दिएका छन् । ‘नयाँ पुस्तालाई नेपालको लोपोन्मुख सांस्कृतिक पहिचानसँग जोड्न होटल पौवाले निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । हामीले बुटवल शाखाबाट सराय नाचको प्रदर्शन गर्दै आएका छौं, जसले सांस्कृतिक संरक्षणमा योगदान पु¥याउने विश्वास छ ।’ भण्डारीले भने । महोत्सवमा सांस्कृतिक प्रस्तुतिसँगै पहाडी परम्परागत खानपिनको स्वाद लिन सकिनेछ । योगीकुटी शाखाका व्यवस्थापक प्रकाश पाठकका अनुसार सेलरोटी, बटुक, चुकौनीलगायतका नेपाली परिकारका स्टलहरू राखिनेछ ।

होटल पौवाले विगत ९ वर्षदेखि ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने नारासहित लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थलहरूसहित देशभर १६ स्थानमा सेवा प्रदान गर्दै आएको छ । जुम्ला, धनगढी, भालुवाङ, घोराही, लमही, गोरुसिङ्गे, योगीकुटी, भैरहवा, तानसेन, रेसुङ्गा, नेपालगन्ज, पोखराको लेकसाइड, काठमाडौंको गौशाला, चितवनको भरतपुर, सिन्धुलीको मूलकोट र कालिञ्चोकको कुरिभ्यालीमा पौवाका होटल रिसोर्ट सञ्चालित छन् । होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले नेपालको सांस्कृतिक विविधतालाई जगेर्ना गर्न र पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउन होटलले निरन्तर प्रयास गरिरहेको बताए ।