मायादेवी साझेदारी वनको साधारणसभा

मेचीकाली संवाददाता

२४ कार्तिक २०८२, आईतवार
35 shares

सुनिल आचार्य

कपिलवस्तु । बाणगांगा नगरपालिका–४ गजेहडास्थित मायादेवी साझेदारी बन उपभोक्ता समूहको १३ औँ बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । साधारणसभाको लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्रि तथा प्रदेश सभा सदस्य बिष्णु पन्थीले उदघाटन गरे । सोही अबसरमा बोल्दै उनले बन जोगाउनु सबैको दायित्व भएको बताउँदै अतिक्रमण नगर्ने र खालि जग्गामा वृक्षरोपण गरी बनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा डिभिजन बन कार्यालय तौलिहवाका सिनियर डिभिजनल बन अधिकृत इश्वरीप्रसाद पौडेलले सामुदायिक बन भन्दा साझेदारी बन अली फरक भएकोले साझेदारी बनहरु संग भएको श्रोतलाइ स्थानीयतह संग जोडिएर जानुपर्ने मान्यता भएको बताए । उनले बनका उपभोक्ताहरु र बनका कर्मचारी मिलेर बन संरक्षण, बन सम्बर्धन र आर्थिक पार्दशिता र सुशासन कायम गरि साझेदारी बनलाई अगाडी बढाउन सकिने बताए ।

कार्यक्रममा मायादेबी साझेदारी बन उपभोक्ता समूहका अध्यक्ष इ. दिनेशप्रसाद जयसवाल (कलवार)ले आर्थिक वर्ष ०८१/०८२ को कार्यक्रमहरुलाइ अनुमोदन गराई आर्थिक वर्ष ०८२/०८३ का लागि १० करोड ८५ लाख ९ हजार ५३२ रुपैयाँ बराबरको अनुमानित बजेट पेस गरे । उनले मायादेबी साझेदारी बनलाई भविष्यमा योजनाबद्ध ढंगले विकास गर्दै उपभोक्ताहरुको मागलाई ध्यानमा राखी कार्ययोजना सम्पन्न गरिएको बताउदै जलसंरक्षण, एवं जीवजन्तुको पानीको लागि जलासय पोखरी निर्माण, आन्तरिक सजावट, शौर्यबत्ति जडान, सिसि क्यामेरा जडानका कामहरु गरीने बताए । साथै बन तथा पर्यटन क्षेत्रमा सञ्चालान गरिएका विभिन्न योजनाहरुले स्थानीय समुदायको आर्थिक तथा सामाजिक बिकासमा टेवा पुग्ने बताए । उनले मायादेबी साझेदारी बन देशमा तेस्रो र लुम्बिनी प्रदेसमै उत्कृष्ट नम्बर ल्याएकोमा खुशी व्यक्त गरे ।

यस्तै समुहका सदस्य राकेस यादबले आर्थिक वर्ष ०८१/०८२ को आर्थिक प्रतिबेदन प्रस्तुत गरे । समुहका उपाध्यक्ष सैलेन्द्र कुमार यादबले जिल्लामै बढी अतिक्रमण मायादेबी साझेदारी बनमा भएको बताए । उनले सुकुमबासीको नाममा हुकुम बासीले बन जंगल मास्न नहुने जनाउदै बन अतिक्रमण गरेर बस्न नहुने जनाए । कार्यक्रममा शुद्धोधन गाउँपालिकका अध्यक्ष कमलेरशशरण चौधरी, तिलौराकोट साझेदारी बनका अध्यक्ष जयप्रकास पाण्डेय, बैज्ञानिक बन व्यवस्थापान राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष रेनु सेन, सब डिभिजन बन कार्यालय पिपराका वरिष्ठ वन अधिकृत तथा मायादेबी साझेदारी बनका सदस्य सचिब मोहन मिश्रा, शुद्धोधन–३ का वडाध्यक्ष मनोजकुमार यदाब, सब डिभिजन बन कार्यालय पटनाका बरिष्ट अधिकृत बाबुराम पोख्रेल, बन तथा बाताबरण बिज्ञ डा. दामोदर शर्मा, विभिन्न वडाका वडा अध्यक्ष तथा अन्य पधाकारीहरु, मायादेवि साझेदारी वनका कार्यसमितिका पदाधिकारी, उपभोक्ताहरु लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम वनका अध्यक्ष इ. दिनेशप्रसाद जयसवाल (कलवार)को अध्यक्षता, समुहका उपाध्यक्ष सैलेन्द्रकुमार यादबको स्वागत तथा लेखापाल शिबराज चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।