बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानीको साधारणसभा सम्पन्न

मेचीकाली संवाददाता

६ मंसिर २०८२, शुक्रबार
64 shares

सुनिल आचार्य

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ उत्तमनगरस्थित बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ११ औँ वार्षिक साधारणसभा शुक्रबार ठाकुरापुरमा सम्पन्न भएको छ ।
साधारणसभाको बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले उद्घाटन गरे । सोही अवसरमा बोल्दै उनले भूपू सैनिक खानेपानी बाणगंगामै जेठो संस्था भएको र लुम्बिनी प्रदेशमै उत्कृष्ट संस्था भएको जनाए । यस खानेपानीले स्थानीय सरकार संग सामन्वय गर्दै आएको स्मरण गर्दै यस क्षेत्रका जनताहरुलाई शुद्ध खानेपानी उपलब्ध गराइरहेको बताए । चुरे दोहन र बनका कारणले जलवायु परिवर्तन भई पानीको सतह सुक्दै तल गएको जनाउँदै सन् २०३० सम्म प्रत्येक नागरिकलाई शुद्ध खानेपानीको हक हुने छ भनेर राज्यले घोषणा गरेअनुसार यो अभियानमा बाणगंगा नगरपालिका पनि लागेको उनले बताए ।

बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाहले भूपू सैनिक खानेपानीलाई लुम्बिनी प्रदेशमै नमुना आयोजनाका रुपमा विकास गर्न सफल भएको बताए । उनले उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउन आफू सधै प्रतिबद्ध रहेको जनाए । पानीबिना मानव जीवनको कल्पना पनि गर्न सकिँदैन, पानीविना जीवनयापन पनि हुन सक्दैन भन्दै महहत्वपूर्ण पक्ष दिगो बिकास लक्ष्य पूर्ण गर्नका लागि १ घर १ धारा पु¥याउने लक्ष्य भएको शाहले बताए । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले जनतासम्म सुरक्षित खानेपानी पु¥याउन थप लगानीसंगै चासो देखाउन जरुरी रहेको अध्यक्ष शाहको भनाइ छ ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालय तौलिहवाका कार्यालय प्रमुख जाबेद हुसेन मिया ठकुराइले धेरै संस्था हरुमा गएकोमध्यमा यो भूपू सैनिक खानेपानीका समितिहरुले धेरै राम्रो काम गरेको भन्दै धन्यबाद दिए । उनले सहयोग चाहिएमा खानेपानी कार्यालय तत्पर रहेको बताए ।

कार्यक्रममा संस्थाका सचिव कृष्णबहादुर शाही (विजय) ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै संस्थाका कोषाध्यक्ष राममाया रानाले आर्थिक वर्ष २०८१/०८२ को आय व्यय प्रतिवेदन प्रस्तुत र आर्थिक ष्र्ष २०८२/०८३ को अनुमानित बजेट ६ करोड ४९ लाख ३ हजार रुपैयाँको नीति तथा वार्षिक कार्यक्रम प्रस्तुत गरिन् ।
यस्तै पानि सुरक्षा समितिको वार्षिक प्रतिबेदन संयोजक निर्मल शाहीले प्रस्तुत गरेका थिए भने आन्तरिक लेखापरिक्षण प्रतिवेदन संयोजक कमल पौडेलले प्रस्तुत गरेका थिए । अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदन संयोजक बालाराम ज्ञवालीले प्रस्तुत गरेका थिए ।
संस्थाका सल्लहाकार द्रोणराज सुबेदी, जिल्ला खानेपानी महासंघका सचिब धर्मराज गैरे, खानेपानी महासंघलुम्बिनी प्रदेशका अध्यक्ष थानेश्वोर गैरे लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, समितिका पदाधिकारी, उपभोक्ता, कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो ।

समितिका अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक बहादुर मल्ल ठकुरीको स्वागत तथा सचिब कृष्ण बहादुर शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।