बुटवल । तिनाउका सहयोगी हातहरूको सक्रियतामा फरक क्षमता भएका मानिसहरूको सहयोगार्थ आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकमबाट न्यानो कपडा तथा खाद्यान्न सहयोग गरीएको छ ।
समितिले शर्मिला ज्ञवालीको संयोजकत्वमा बुटवल–११ देवीनगर निवासी प्यारालाइसिसका बिमारी मानबहादुर थारुलाई दोस्रोपटक न्यानो कपडा तथा खाद्यान्न सहयोग गरेको छ । यस्तै बुटवल–११ प्रगतिनगरस्थित नेपाल अपाङ्ग आश्रममा समेत सिरक, डसना, खाद्यान्न लगायत अन्य जिन्सी सामग्री सहयोग गरेको छ ।
पहिलो चरणको सहयोग कार्यक्रम पश्चात पुनः थप अन्य सहयोगका कार्यक्रमहरु सञ्चालन गरिने समितिकी कोषाध्यक्ष मुना ज्ञवालीले बताइन् । सचिव सुस्मिता आचार्यको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका सहप्राचार्य सूर्य पाण्डे, कक्षा १० का इन्चार्ज अग्निधर पोखरेल, कक्षा ९ का इन्चार्ज दुर्गा केसी लगायतका शिक्षक तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
