सियारी बचत तथा ॠण सहकारी संस्थाको १४ औं साधारण सभा

मेचीकाली संवाददाता

१६ मंसिर २०८२, सोमबार
10 shares

तुलसीराम पौडेल –

सियारी, मंसिर १३ 

रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर -६ बर्दहवा स्थित सियारी बचत तथा ॠण सहकारी संस्थाको १४ औं साधारण सभा शनिबार सम्पन्न भयो ।सहकारी संस्थाका 

सल्लाहकार एवं संस्थापक अध्यक्ष डासीनारायण रेग्मीले 

साधारण सभाको एक कार्यक्रमका बीच उद्वाटन गर्नुभयो । साधारण सभामा एकल महिला ,जेष्ठ नागरिक ,असल कारोबारी ,असल बचत कर्तालाई सम्मान गरिएको थियो ।

आर्थिक बर्ष २०८१/०८२ मा यस सहकारीले ३४ लाख ८१ हजार ३ सय असी रुपैयाँ ९३ पैसा विशुद्ध नाफा गरेको छ।

कार्यक्रम सहकारीका अध्यक्ष बिक्रम भुज गुप्ताको अध्यक्षता ,सहकारीका संस्थापक अध्यक्ष डासीनारायण रेग्मिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा सहकारीका अध्यक्ष बिक्रम भुजबाट वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष धर्मेन्द्र थापाबाट आर्थिक प्रतिवेदन ,लेखा समिति संयोजक धर्मराज यादवबाट लेखाप्रतिवेदन प्रस्तुत गरिएको थियोे ।

सहकारीका उपाध्यक्ष टिकाराम रानाभाटको स्वागत मन्तव्य र सचिव राजेन्द्र चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार  निक्लेश बनिया ,सल्लाहकार मथुरा यादव र तुलसा शर्माले शुभकामना मन्तव्य दिनुभएको थियोे ।