प्रतिनिधिसभा चुनाव: कुन दलले के पाए चुनाव चिह्न ?

मेचीकाली संवाददाता

२३ मंसिर २०८२, सोमबार
116 shares

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ।

आयोगमा दर्ता भएका १४३ दलमध्ये निर्वाचनमा भाग लिन ११४ दलले निवेदन दिएका थिए। तीमध्ये १०७ वटा निर्वाचन चिह्न प्रयोग हुने भएका छन्।

आयोगका अनुसार एकल निर्वाचन चिह्न लिएर संयुक्त रूपमा ५ वटा समूहमा १२ दलले भाग लिँदैछन् भने १०२ दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्नेछन्। निर्वाचन प्रक्रियामा सहभागी हुन कुल १२० निवेदन परेकोमा १३ वटा निवेदन खारेज भएका थिए। आयोगले प्रदान गरेका १०७ वटा निर्वाचन चिह्नको पूर्ण विवरण तलको सूचीमा हेर्नुहोस् ।