एनएमबी बैंकद्धारा कालिका क्याम्पसलाई १ लाख ५० हजार हस्तान्तरण

मेचीकाली संवाददाता

२५ मंसिर २०८२, बुधबार
80 shares

बुटवल । एनएमबी बैंकले बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग गरेको छ । बैंकले बुधबार क्याम्पसको १२ औँ वार्षिकोत्सव तथा तथा अभिभावक दिवसका अबसरमा क्याम्पसको पुस्तकालयलाई थप व्यवस्थीत बनाउन १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो ।

बैंकका लुम्बिनी र कर्णाली प्रदेश प्रमुख मेघराज तिमिल्सिनाले क्याम्पस प्रमुख घनश्याम पाठक र अध्यक्ष होमबहादुर गलामीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए । उक्त अबसरमा बैंकका शाखा प्रबन्धकद्वय भुवन पाण्डे र नविन अर्याल लगायतको उपस्थिति रहेको थियो ।