दिव्यतारा ‘धमाका उत्सव’को विजेता घोषणा, नन्दरानीले जितिन् टिभिएस–१२५ मोटरसाइकल

मेचीकाली संवाददाता

२६ मंसिर २०८२, बिहीबार
62 shares

बुटवल, मंसिर २५ । दिव्यतारा इन्टरप्राइजेज बुटवलले ‘धमाका उत्सव’ को विजेता घोषणा गरेको छ । एस्कट्र्स कुबोटा लिमिटेड इन्डियाको लुम्बिनी अञ्चलको आधिकारीक बिक्रेता दिव्यतारा इन्टरप्राइजेजले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी योजना सञ्चालन गरेको थियो ।

बिहीबार एक कार्यक्रमाबिच ‘लक्की ड्र’मार्फत ‘धमाका उत्सव’को विजेता घोषणा गरिएको हो । ‘लक्की ड्र’मार्फत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–११ भगजोगनीकी नन्दरानी चौधरीले टिभिएस–१२५ राइडर मोटरसाइकल जितेकी छिन् । यो ‘धमाका उत्सव’ मा गत असोज १ गतेदेखि मंसिर १५ गतेसम्म ट्याक्टर खरिद गरेका २४ जना ग्राहकहरु सहभागी भएका थिए ।

विजेता घोषणासँगै एस्कट्र्स कुबोटा लिमिटेडका जनरल बिजनेस म्यानेजर समिर बर्मा, दिव्यतारा इन्टरप्राइजेजका डाइरेक्टर अभिनव थापा, दिव्यताराका व्यवस्थापक सुदीप थापालगायतले विजेता नन्दरानीका श्रीमान्लाई मोटरसाइकलको चाबी हस्तान्तरण गरेका थिए । धमाका उत्सवमा सहभागी ग्राहकहरुलाई आर्कशक नगद छुट, एक थान हलो, एक वर्षको निःशुल्क बिमा, एक वर्षको यातायात कर छुट, एक सेट सर्भिस किट र मायाको चिनो प्रदान गरीएको थियो ।

सोही अवसरमा बोल्दै एस्कट्र्स कुबोटा लिमिटेडका जनरल बिजनेस म्यानेजर समीर बर्माले फार्मट्रेक र पावरट्रेक ट्याक्टरमा नयाँ प्रविधि रहेको र डिजल कम खपत हुने बताए । नेपालका ग्राहकसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै उनले नेपालका सबै क्षेत्रमा ढुवानी र जोत्नका लागि यी ट्याक्टर निकै उपयोगी रहेको दाबी गरे । दिव्यतारा इन्टरप्राइजेजका डाइरेक्टर अभिनव थापाले किसान तथा ब्यवसायिक ग्राहकको चाहाना र कार्यक्षेत्रलाई मध्यनजर गर्दै आवश्यकताअनुसार समयसापेक्ष आधुनिक प्रबिधियुक्त ट्याक्टर तथा यान्त्रिक उपकरण उपलब्ध गराउदै आएको बताए ।

दिव्यताराका ब्यवस्थापक सुदीप थापाले २०७१ सालदेखि एस्कट्र्स कुबोटा लिमिटेडसँग सहकार्य गरी आधिकारीक बिक्रेताको रुपमा नयाँ मोडल र नयाँ प्रविधियुक्त २५ देखि ८० हर्स पावरका फार्मट्रेक र पावरट्रेक ट्याक्टर र पार्टस बिक्री वितरण तथा सर्भिसको काम गर्दै आएको बताए । दिव्यतारालाई विश्वास गरी ट्याक्टर खरीद गरेका कृषक तथा व्यवसायीहरुलाई उपहार प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरीएको उनले बताए ।

यस्तै ग्राहकहरुको माग अनुसार हलो, रोटाभेटर, थ्रेसर साथै हेबि इक्वीपमेन्ट उपलब्ध गराउँदै आएको व्यवस्थापक थापाले बताए । हाल बुटवल, भैरहवा, कपिलवस्तुको चार नम्बर, चन्द्रौटा, परासी, कावासोती शाखा र पाल्पाको रामपुरमा सव डिलरबाट गौहकलाई सेवा प्रदान गर्दै आएको उनले बताए । ग्राहकहरुको सुबिधाका लागि आफ्नो शाखा बाहेक १० वटा सर्भिस सेन्टरबाट पार्टस र सर्भिसको पनि ब्यवस्था गर्दै ग्राहकहरुलाई सहज रुपमा सेवा दिँदै आएको उनले बताए ।