सियारीमा १६ दिने लैङ्िगक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२८ मंसिर २०८२, शनिबार
24 shares

तुलसीराम पौडेल –
सियारी,मंसिर २६

” प्रविधिको सही प्रयोग गरौं  लैङ्िगक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ सियारीमा विविध कार्यक्रम सहित १६ दिने लैङ्िगक हिंसा विरुद्धको कार्यक्रम समापन भयो ।
सियारी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजित कार्यक्रम सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको अध्यक्षता, सियारी गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरेको प्रमुख आतिथ्यता ,प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य बिष्णु माया जैसवालको  बिशिस्ट आतिथ्यता तथा कार्यपालिका सदस्य अन्जु रोकाहाको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
लैङ्िगक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम
अन्तरगत गाउँपालिका अन्तरगत विभित्र वडाहरुमा
सचेतनामुलक र्‍याली ,व्यक्तिगत घटना सम्बन्धि जानकारी ,सडक नाटक लगायतका कार्यक्रमहरु सम्पन्न  गरिएको थियोे ।
कार्यक्रमको संचालन सियारी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख अनुसुया ढकाल तिवारीले गर्नुभएको थियोे ।