बुुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीमा सप्ताहव्यापी रूपमा सञ्चालन हुने ‘किड्स मिनी कार्निभल’ मंगलबारदेखि सुरु भएको छ । ‘कार्निभल’ को विद्यालयका प्राचार्य भुवन अधिकारीले उद्घाटन गरे । विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका लागि मञ्च प्रदान गर्ने र लुकेका प्रतिभाहरू प्रदर्शन गर्नु किड्स मिनी कार्निभलको उद्देश्य रहेको छ । कक्षा यूकेजीबाट सुरू गरिएको कार्निभलमा सांस्कृतिक पोशाकमा सजिएका विद्यार्थीहरूले नृत्य, नाटक, गीत, राइम्स् लगायत अन्य सांस्कृतिक एवम् परम्परागत प्रतिभाहरू पस्केका थिएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले कार्निभलमा हरेक विद्यार्थीलाई स्टेज प्रदान गर्ने बताए । विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख भीमबहादुर चौधरीले मंगलबार यूकेजीमा अध्ययनरत २३४ जना विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेको बताए । बुधबार कक्षा १ मा अध्ययनरत जम्मा २५६ जना विद्यार्थीहरूको सहभागिता रहने कार्यक्रम संयोजक पूर्व प्रावि तह संयोजक सिन्धु पौडेलले जानकारी दिइन ।
एकेडेमिक इन्चार्ज सरिता परियारको स्वागत तथा पूर्व प्रावि शिक्षक रोशनी रेग्मी र ग्रीष्मा पल्लीले सञ्चालन गरेका थिए । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन पूर्व प्रावि शिक्षकद्वय विनिता पुन र सृष्टी गैरेले गरेकोका थिए । गार्गीमा दुई हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
