तुलसीराम पौडेल —
फर्साटिकर , पौष १
रुपन्देही स्थित शुद्वोदन गाउँपालिको आयोजनामा पाचौं रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कप प्रतियोगिता फर्साटिकर माविको खेलमैदानमा मंगलवारदेखी शुरु भएको छ।खेलकुदप्रती रुचि अभिवृद्धि गर्नु,अनुशासन नेतृत्व विकास एवं खेल प्रतिभा विकास गर्ने उद्देश्यले खेल महोत्सव संचालन गरिएको हो ।पाचौं रास्ट्रपति रनिङ्गशिल्ड तथा अध्यक्ष कप प्रतियोगिताको शुद्वोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले उद्वाटन गर्नुभएको थियो ।खेल महोत्सव अन्तर्गत शटपुट ,भलिबल ,कबड्डी ,मार्सल ,आर्ट ,नृत्य प्रतियोगिता लगायत विभिन्न प्रतियोगिताहरु सम्पन्न हुने आयोजकले बताएका छन् ।प्रतियोगितामा गाउँपालिका अन्तरगतका
सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुने भएका छन् ।

पाचौं रास्ट्रपति रनिङशिल्ड तथा अध्यक्ष कप प्रतियोगिता
पौष ४ गतेसम्म संचालन हुनेछ ।कार्यक्रममा शुद्वोदन गाउँपालिका प्रवक्ता तथा शिक्षा समिति संयोजक एवं वार्ड नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारी ,विभिन्न वडाका वडा अध्यक्षहरु तथा पदाधिकारीहरु , प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर खत्री ,शिक्षा शाखा प्रमुख चन्द्रकान्त शर्मा ,गाउँपालिका खेल समिति संयोजक मुकेश कुवर लगायत विभिन्न व्यक्तित्वको उपस्थिति रहेकोे थियोे ।


