एमाले अध्यक्षमा ओलीको ह्याट्रिक, कसले कति मत पाए ?

मेचीकाली संवाददाता

३ पुष २०८२, बिहीबार
202 shares

काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्। ११ औँ राष्ट्रिय महाधिवेशनबाट प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा ओलीले ह्याटिक गरेका हुन्।

अन्तिम मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलील‍े १६६३ मत ल्याएका छन्। यसैगरी पोखरेलले ५६४ मत प्राप्त गरेका हुन्। ओलीले दुई तिहाई मत ल्याएर विजयी भएका हुन्। नवौं र दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका थिए।

यसैगरी महासचिवमा ओली प्यानलका शंकर पोखरेल विजयी भएका छन्। निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणाम अनुसार पोखरेलले १ हजार २२८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन्। उपाध्यक्ष र उपमहासचिवमा पोखरेल प्यानलमा गोकर्ण विष्ट र योगेश भट्टराई विजयी भएका छन्।

उपाध्यक्षमा एमालेको पाँच उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी भएका छन्। उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भए। एमालेको सचिव पदमा केपी शर्मा ओलीको प्यानलका ९ जना नै विजयी भएको छ। सचिवमा महेश बस्नेतले सर्वाधिक मत ल्याएका छन्। यस्तै दोस्रोमा पद्माकुमारी अर्याल, तेस्रोमा छविलाल विश्वकर्मा, चौथोमा शेरधन राई, पाँचौँमा हिक्मतकुमार कार्की, छटौँमा खगराज अधिकारी, सातौँमा यामलाल कँडेल, आठौँमा राजन भट्टराई र नौमा भानुभक्त ढकाल रहेका छन्।

हेर्नुहोस् मत परिणाम

अध्यक्ष 
• केपी शर्मा ओली : १६६३ (विजयी)
• ईश्वर पोखरेल : ५६४

उपाध्यक्ष (५)
• पृथ्वी सुब्बा गुरुङ : १७३७ (विजयी)
• विष्णु प्रसाद पौडेल : १६७५ (विजयी)
• रामबहादुर थापा ‘बादल’ : १५१६ (विजयी)
• गोकर्ण राज विष्ट : १३६८ (विजयी)
• रघुजी पन्त : १२५८(विजयी)

अन्य उम्मेदवार:
• रघुजी पन्त : १२५८
• बिन्दा पाण्डे : ९२१
• परशुराम मेघी गुरुङ : ४६१
• अरुण नेपाल : ४३९
• टंक प्रसाद कार्की : ३५८
• भीमप्रसाद आचार्य : २६५

महासचिव (१)
• शंकर पोखरेल : १२२८ (विजयी)
• सुरेन्द्र प्रसाद पाण्डे : ९९९
उपमहासचिव (३)
• लेखराज भट्ट : १४५२ (विजयी)
• रघुवीर महासेठ : १३६८ (विजयी)
• योगेश भट्टराई : १३४८ (विजयी)

अन्य उम्मेदवार:
• विष्णु प्रसाद रिमाल : १०९१
• आनन्द प्रसाद पोखरेल : ६३५
• वैजनाथ चौधरी : ५१७
• राजेन्द्र प्रसाद गौतम : २७०

सचिव (९)
• महेश बस्नेत : १५४४ (विजयी)
• पद्मा कुमारी अर्याल : १५३० (विजयी)
• छविलाल विश्वकर्मा : १५०६ (विजयी)
• शेरधन राई : १५०३ (विजयी)
• खगराज अधिकारी : १२३१ (विजयी)
• हिक्मत कुमार कार्की : १३३७ (विजयी)
• यमलाल कँडेल : ११८५ (विजयी)
• राजन भट्टराई : ११८१ (विजयी)
• भानुभक्त ढकाल : ११०८ (विजयी)

अन्य उम्मेदवार:
• गोकुल प्रसाद बास्कोटा : १०३०
• ठाकुर प्रसाद गैरे : ८८३
• रचना खड्का : ८७७
• कर्णबहादुर थापा : ८४७
• अग्नि प्रसाद खरेल : ७१६
• विनोद प्रसाद ढकाल : ६८४
• कृष्ण गोपाल श्रेष्ठ : ६२५
• पेम्बा लामा : ४९३
• लाल बाबु पण्डित : ४९६
• इन्द्रलाल साप्कोटा : ४०५
• पुरुषोत्तम पौडेल : ४६२