उजिरसिंह माविको वार्षिकउत्सवका कार्यक्रम सुरु

मेचीकाली संवाददाता

३ पुष २०८२, बिहीबार
21 shares

बुटवल । उजिरसिंह माध्यामिक विद्यालय बुटवल–२ को ६२ औं वार्षिकउत्सवका कार्यक्रम सुरु भएका छन् । बिहीबारदेखि साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी विद्यालयले आफ्नो ६२ औं वार्षिकउत्सव मनाउन सुरु गरेको हो ।

बिहीबार स्पोर्टर्स डे अन्तर्गत बच्चाको बेलुना ब्लाष्टदेखि भलिबलसम्मका २३ खेलहरु सम्पन्न भएका खेलकूद कार्यक्रम संयोजक यामप्रसाद श्रेष्ठले जानकारी दिए । यस्तैगरी शुक्रबार विभिन्न साहित्यिक कार्यक्रम हुनेछन । ५ गते सांस्कृतिक कार्यक्रम र नृत्य प्रतियोगिता राखिएको छ । भने, पुस ७ गते मूल समारोह हुनेछ ।

विद्यालयका प्रधानाध्यापक पदमराज ज्ञवालीले विभिन्न रचनात्मक कार्यक्रम गरी विद्यालयले वार्षिक उत्सव मनाउन लागेको जानकारी दिए । दुई वर्ष अघि २०८० मा विद्यालयले हिरक जयन्ती मनाएको थियो । मूल समारोह बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा हुने विद्यालयका लेखा अधिकृत कपिल प्रसाद अधिकारीले जानकारी दिए । विद्यालयमा ९५० जना विद्यार्थी अध्ययनरत छन । विद्यालय पछिल्लो समय भौतिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा आमूल सुधार गर्दै अघि बढेको छ ।