लुम्बिनीमा प्रथम हिमालयन रिम फिल्म प्रदर्शनी

मेचीकाली संवाददाता

६ पुष २०८२, आईतवार
17 shares

बुटवल । लुम्बिनीमा आइतबार प्रथम हिमालयन रिम फिल्म प्रदर्शनी–२०२५ भएको छ । हिमालयन रिम फिल्म एक्जिभिसनले आयोजना गरेको प्रदर्शनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्रदर्शन गरिएको थियो । लुम्बिनीमा सम्पन्न अन्तिम चरणले प्रदर्शनी हो । आठ दिनसम्म चलेको यस सांस्कृतिक आदान–प्रदान कार्यक्रमले चिनियाँ एनिमेटेड फिल्मलाई जोड्ने सूत्रको रूपमा प्रयोग गर्दै नेपालका तीन विश्वविद्यालयहरूमा सभ्यताबिच आपसी सिकाइ र संवादको पुल निर्माणको काम गरेको आयोजकको भनाइ छ ।
प्रदर्शनीले चिनियाँ एनिमेसन र डिजिटल सिर्जनालाई सीमापार सांस्कृतिक संवादको रुपमा प्रस्तुत गरेको छ । ‘सभ्यतागत पारस्परिक सिकाइ, प्रविधिगत नवप्रवर्तन’ भन्ने नारासहित आयोजित कार्यक्रममा चलचित्र प्रदर्शन, सिर्जनात्मक कार्यशाला, सांस्कृतिक प्रदर्शनी तथा अन्तक्र्रियात्मक छलफलहरू समेटिएका छन् । यो प्रदर्शनीको मुख्य मुख्य लक्ष्य विश्वविद्यालयका विद्यार्थीहरूलाई चिनियाँ प्रविधि र नवप्रवद्र्धन बारे जानकारी दिने र साक्षात्कार गराउने रहेका आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीको उद्घाटन त्रिभुवन विश्वविद्यालयमा भव्य समारोहका साथ गरिएको थियो । कार्यक्रममा नेपाली चलचित्र तथा टेलिभिजन क्षेत्रका चर्चित कलाकारहरू प्रदीप खड्का, कविता शाही, बुद्धि तामाङ, केपी पाठक, विजय बराललगायतको उपस्थिति रहेको थियो । उनीहरूले चीन–नेपाल फिल्म तथा सांस्कृतिक सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए ।

प्रदर्शनीअन्तर्गत चिनियाँ एनिमेशनका चर्चित फिचर फिल्महरू न्यु गड्सः याङ जियान, ह्वाइट स्नेक र लेजन्ड्स अफ हेइ २ प्रदर्शन गरिनुका साथै AIGC एनिमेटेड शृंखला द स्पिरिट अफ द माउन्टेन्स प्रस्तुत गरिएको थियो । यी कृतिहरूले चिनियाँ परम्परागत संस्कृति र आधुनिक एनिमेशन प्रविधिको संयोजनलाई प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई ‘प्रदर्शन + अन्तत्र्रिmया’ मोडेलमा सञ्चालन गरिएको थियो। प्रदर्शनअघि परिचयात्मक सत्र र प्रदर्शनपछि सर्जकहरूसँग गरिएको प्रत्यक्ष अनलाइन संवादमार्फत नेपाली प्राध्यापक र विद्यार्थीहरूले फिल्मको सृजनात्मक पृष्ठभूमिबारे गहिरो जानकारी लिन पाए । निर्माता याङ बिचेनलगायत उद्योग प्रतिनिधिसँग भएको छलफलले कार्यक्रमलाई थप व्यावसायिक र अन्तरक्रियात्मक बनाएको थियो । आयोजकका अनुसार यस प्रदर्शनीले चीन–नेपाल सांस्कृतिक आदान–प्रदानको नयाँ अध्याय सुरु गर्दै भविष्यमा हिमालयन रिम क्षेत्रका फिल्म समुदायबिच सहकार्य विस्तार गर्ने आधार तयार गरेको छ ।