फर्साटिकर युवा क्लबको अध्यक्षमा अमृत खड्का

मेचीकाली संवाददाता

६ पुष २०८२, आईतवार
32 shares

तुलसीराम पौडेल —
फर्साटिकर, पौष ६

रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको अध्यक्षमा अमृत खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ।फर्साटिकर युवा क्लबको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण तथा छैटौं अधिवेशनले  फर्साटिकर युवा क्लबको अध्यक्षमा सर्वसम्मत रूपमा अमृत खड्का निर्वाचित हुनुभएको हो । त्यसै गरि उपाध्यक्षमा दिवस पान्डे ,सचिवमा राजन खनाल ,सह सचीवमा राजन गुप्ता ,कोषाध्यक्षमा सिद्धान्त भट्टराई तथा सदस्यहरुमा विरेन्द्र चौधरी ,रोहित अधिकारी ,निरज भट्टराई र धर्मेन्द्र चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।त्यसै लेखा संयोजकमा बिष्णु पङ्गेनी र लेखा सदस्यमा नन्दलाल चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यक्रम फर्साटिकर युवा क्लबका निवर्तमान अध्यक्ष मुकेश कुवरको अध्यक्षता, शुद्वोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको प्रमुख आतिथ्यता,शुद्वोदन गाउँपालिका प्रवक्ता एवं वार्ड नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीको विशिस्ट आतिथ्यतामा , सम्पन्न कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष दामोदर पङ्गेनी ,सौ फर्साटिकर सिकाइ केन्द्रकी अध्यक्ष रामेस्वरी सिंह ,एनफा रुपन्देहीका अध्यक्ष लोकबहादुर पुन लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
क्लबका निवर्तमान उपाध्यक्ष अर्जुन थापा क्षेत्रीको स्वागत मन्तव्य ,सचिव राजन खनालको संचालनमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्षहरु डोलराज गैरे ,लोकबहादुर थापा लगायतको उपस्थिति रहेकोे थियोे ।