नवीन औद्योगिक माविमा जिल्लास्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

-ग्रीन प्लान्ट आवासीय मावि देवदह प्रथम, देवद अङ्ग्रेजी मावि द्वितीय

मेचीकाली संवाददाता

१४ पुष २०८२, सोमबार
16 shares

बुटवल । नवीन औद्योगिक कदर बहादुर रिता मावि देवीनगरमा विद्यालयको स्वर्ण महोत्सव तथा अभिभावक दिवस २०८२ का अवसरमा जिल्ला स्तरीय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा ग्रीन प्लान्ट आवासीय मावि देवदह प्रथम, देवद अङ्ग्रेजी मावि द्वितीय र सुनगाभा सेकेन्डरी बोर्डिङ स्कुल सैनामैना तृतीय भएका छन् । रुपन्देही जिल्लाका ९ वटा सामुदायिक र १७ वटा संस्थागत विद्यालय गरी २६ वटा विद्यालयहरूको सहभागिता रहेको कार्यक्रममा पहिलो राउन्डमा ६ वटा विद्यालयहरू छनोट भएका थिए । जसमा ग्रीन प्लान्ट, देवद अङ्ग्रेजी सुनगाभा पब्लिक, न्यू होराइजन मावि, देवदह मदर ट्रङ्ग्स र बुद्ध पब्लिक इङ्ग्लिस स्कुल छनोट भएका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका इकाई प्रमुख उपसचिव विष्णुप्रसाद पन्थीले प्रथम, द्वितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरूलाई चेक, नगद रकम, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ रूपन्देहीका अधिकृतद्वय झविलाल बिक र अमर केसी, विद्यालयका सहायक प्रधानाध्यापकद्वय अर्जुन खनाल र रोमनाथ घिमिरे लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा हाजिर जवाफ प्रतियोगितालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि क्विज मास्टरको रूपमा डाक्टर आविष्कार पराजुली रहेका थिए । विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतको अध्यक्षता, शिक्षक अन्जु रानाभाटको सञ्चालनमा सम्पन्न कार्यक्रममा इसिए इन्चार्जद्धय लक्ष्मण भुसाल र नेत्रलाल खरेल, मोतीलाल हरिजन, उषा बेलबासे, अम्बिका न्यौपाने घिमिरे र तीर्थराज घिमिरे लगायतले सहजीकरण गरेका थिए । विद्यालयले यहि पुस २२ गते मुल समारोहको आयोजना गरी स्वर्ण महोत्सव तथा अभिभावक दिवस मनाउँदै छ ।