शनिबारको खेलमा लिस्नु युवा क्लब विजयी

मेचीकाली संवाददाता

१९ पुष २०८२, शनिबार
36 shares


तुलसीराम पौडेल –
फर्साटिकर, पौष १९

रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित
१३ औं शुद्वोदन गाउँपालिका फर्साटिकर कप अन्तरगत शनिबार सम्पन्न प्रतियोगितामा लिस्नु युवा  क्लब कोटिहवा बिजयी भएको छ ।शनिबार सिद्वार्थ क्लब चपर हट्टी भर्सेस लिस्नु युवा क्लब बीच भएको खेल प्रतियोगितामा लिस्नु युवा क्लबले शुन्यका विरुद्ध २ गोलको अन्तरले सिद्वार्थ क्लब चपरहट्टीलाई पराजित गरि बिजय भएको हो ।
दोस्रो हाफको  २९ औं मिनेटमा लिस्नु युवा क्लबका जर्सी नम्बर ७ का विश्व थापाले पहिलो गोल गरेका थिए ।त्यसै गरि सोही क्लबका जर्सी नम्बर १५ का बिक्रम लामाले दोस्रो हाफको ३५ औ मिनेटमा दोस्रो गोल गरेका थिए ।
शनिबारको खेलको म्यान अफ द म्याच लिस्नु युवा क्लबका जर्सी नम्बर ७ का विश्व थापा घोषित भए
फुटबल संघ रुपन्देहीका उपाध्यक्ष एवं फर्साटिकर युवा क्लबका निवर्तमान अध्यक्ष मुकेश कुवरले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नु भएको कुरा क्लबका अध्यक्ष अमृत खड्काले जानकारी दिनुभयो ।
आइतबारको खेलमा चादनी युवा क्लब भर्सेस झरना स्पोर्ट्स क्लब कुन्जलापुर बीच प्रतियोगिता हुने क्लबका सचिव राजन खनालले जानकारी दिनुभयो ।