तुलसीराम पौडेल —
सियारी, पौष १८
रुपन्देहीको सियारी गाउँपालिका -७ स्थित स्वावलम्बन दुग्ध उत्पादन सहकारीको सम्पन्न २४ औं वार्षिक साधारण सभा तथा आठौं अधिबेशनले सर्वसम्मत रूपमा सहकारीको अध्यक्षमा अनिरुद्व पाण्डे निर्वाचित हुनुभएको छ।त्यसै गरि उपाध्यक्षमा बाबुराम घिमिरे ,सचीवमा दिपक भट्टराई ,कोषाध्यक्षमा अमृता महत खरेल सर्वसम्मत हुनुभएको छ।त्यसै गरि सदस्यहरुमा लक्ष्मी न्यौपाने ,कमला घिमिरे ,हिमलाल पाण्डे ,जयन्ती क्षेत्री ,चोलाकान्त भट्टराई सर्वसम्मत चयन भएका छन् ।लेखासमितिको संयोजकमा वावुराम घिमिरे , सदस्यहरुमा डण्डपानी भट्टराई र माया ज्ञवाली पौडेल सर्वसम्मत भएका छन् ।

साधारण सभा तथा अधिबेशन जेष्ठ शेयर सदस्य तथा संस्थाका पुर्व अध्यक्ष खगेन्द्र रिजालले उद्वादटन गर्नुभएको थियोे ।
कार्यक्रम संस्थाका कार्यबाहक अध्यक्ष चुणामणी पाण्डेको अध्यक्षता तथा पुर्व अध्यक्ष खगेन्द्र रिजाललको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
निवर्तमान कार्यवाहक अध्यक्ष चुणामणी पान्डेको अनुमतिबाट कार्यसमिति सदस्य लक्ष्मी न्यौपानेले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे ।
त्यसै गरि निवर्तमान कोषाध्यक्ष तुलसा थापबाट आर्थिक प्रतिवेदन ,निवर्तमान लेखा समिती संयोजक अनिरुद्र पाण्डेबाट लेखासमितीको प्रतिबेदन प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा उत्कृष्ट किसान ,असल कारोबारी लगायतलाई सम्मान गरिएको थियोे ।
निवर्तमान कोषाध्यक्ष तुलसा थापाको स्वागत मन्तव्य तथा संस्थाका सचिव दिपक भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार खगुपती न्यौपाने ,सल्लाहकार नवलराज भट्टराई , टोलराज पौडेल लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।



