तुलसीराम पौडेल
फर्साटिकर ,पौष २१
रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबद्वारा संचालित १३ औं शुद्वोदन गाउँपालिका फर्साटिकर कप प्रतियोगितामा कपिलवस्तु-११ कपिलवस्तु पेनाल्टीमा विजयी भएको छ। सोमबार सम्पन्न तेस्रो क्वाटर फाइनल प्रतियोगिता अन्तरगत कपिलवस्तु -११ कपिलवस्तु भर्सेस गोर्खा ब्वाइज बुटवल बीच भएको प्रतियोगितामा पेनाल्टीमा एक का विरुद्ध तीन गोलको अन्तरले
कपिलवस्तु -११ कपिलवस्तुले गोर्खा ब्वाइज बुटवललाई पराजित गरि विजय भएको हो । खेलको निश्चित समय अवधिमा दुबै टिमले बराबर गोल गरेपछि खेल पेनाल्टीमा परिणत भएको हो ।
कपिलवस्तु -११ कपिलवस्तुका जर्सी नम्बर १७ का खेलाडी सुन्दर पल्लिले दोस्रो हाफको ४० औं मिनेटमा एक गोल गरेका थिए ।त्यसै गरि गोर्खा ब्वाइज बुटवलका जर्सी नम्बर १४ का सुदिप केसीले दोस्रो हाफको ४०+१ मिनेटमा एक गोल गरेका थिए ।
सोमबार सम्पन्न खेलको म्यान अफ द म्याच कपिलवस्तु -११ कपिलवस्तुका जर्सी नम्बर -१६ का गोल रक्षक प्रतीक सुनार हुन सफल भए । जिल्ला फुटबल संघका अध्यक्ष लोकबहादुर पुनले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।
मंगलवार हुने अन्तिम क्वाटर फाइनल खेल प्रतियोगितामा फर्साटिकर युवा क्लब भर्सेस भैरब स्पोर्ट्स क्लब बीच हुने क्लब का सचिव राजन खनालले जानकारी दिनुभयो ।

