पेनाल्टिमा कपिलवस्तु -११ कपिलवस्तु विजयी

मेचीकाली संवाददाता

२३ पुष २०८२, बुधबार
51 shares


तुलसीराम पौडेल
फर्साटिकर, पौष २३

रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ स्थित फर्साटिकर माध्यमिक विद्यालयको खेलमैदानमा संचालित १३ औं शुद्वोदन गाउँपालिका फर्साटिकर कप प्रतियोगितामा अन्तरगत बुधबार सम्पन्न प्रहिलो सेमिफाइनल खेलमा पेनाल्टीमा कपिलवस्तु -११ कपिलवस्तु बिजयी भएको छ।बुधबार सम्पन्न कपिलवस्तु -११ कपिलवस्तु भर्सेस लिस्नु युवा क्लब बीच भएको प्रतियोगितामा ३ का विरुद्ध ४ गोलको अन्तरले कपिलवस्तु -११ विजयी भएको हो । खेलको निर्धारित समय भित्र कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा परिणत भएको थियो ।बुधबार सम्पन्न खेलको म्यान अफ द म्याच कपिलवस्तु -११ का गोल रक्षक  खेलाडी प्रतीक सुनार घोषित भए ।फर्साटिकर युवा क्लबका संरक्षक चक्रबहादुर कुवरले म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नु भयो ।बिहीबार सम्पन्न हुने दोस्रो सेमिफाइनल खेल अन्तरगत झरना स्पोर्ट्स क्लब भर्सेस भैरब स्पोर्ट्स नवलपरासी बीच प्रतियोगिता हुने क्लबका सचिव राजन खनालले जानकारी दिनुभयो ।प्रतियोगिताको विजेता प्रथम पुरस्कार नगद ३ लाख ११ हजार १सय ११ रुपैयाँ हात पार्नेछ भने दोस्रो पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिनुभयो।सो प्रतियोगिताको पुष २६ गते फाइनल खेल तथा समापन र सोही दिन बिहान ८ बजे रक्तदान कार्यक्रम हुने भएको क्लबका अध्यक्ष अमृत खड्काले जानकारी दिनुभयो ।