झरना स्पोर्ट्स क्लब कुन्जलापुर फाइनलमा प्रवेश

मेचीकाली संवाददाता

२४ पुष २०८२, बिहीबार
38 shares


तुलसी राम पौडेल –
फर्साटिकर, पौष २४
रुपन्देहीको शुद्वोदन गाउँपालिका -सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा संचालित १३ औं शुद्वोदन गाउँपालिका फर्साटिकर कप प्रतियोगिता अन्तर्गत
बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल कप प्रतियोगितामा झरना स्पोर्ट्स क्लब कुन्जलापुरले बिजय हासिल गरि फाइनलमा प्रवेश गरेको छ।

बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल कप प्रतियोगितामा झरना स्पोर्ट्स क्लबले शुन्यका विरुद्ध ४ गोलको अन्तरले भैरब स्पोर्ट्स नवलपरासीलाई पराजित गरि बिजय भएको हो ।
झरना स्पोर्ट्स क्लबका जर्सी नम्बर १७ का सुरज थारुले दोस्रो हाफको २२ औ मिनेटमा पहिलो गोल गरेका थिए ।
त्यसै गरि सोही क्लबकै जर्सी नम्बर १० का बिक्की चाबली राइले दोस्रो हाफको ३६ औ मिनेटमा दोस्रो गोल ,जर्सी नम्बर ६ का लक्षु थापाले दोस्रो हाफको ४० औं मिनेटमा तेस्रो गोल र जर्सी नम्बर १७ का सुरज थारुले दोस्रो हाफको ४०+१ मिनेटमा चौथो गोल गरेका थिए ।
बिहिवार सम्पन्न खेलको म्यान अफ द म्याच झरना स्पोर्ट्सका जर्सी नम्बर ६ का खेलाडी लक्षु थापा घोषित भए ।फर्साटिकर युवा क्लबका सल्लाहकार तथा लुम्बिनी प्रदेश फुटबल संघका सदस्य  भेषराज पौडेलले  म्यान अफ द म्याच पुरस्कार प्रदान गर्नुभयो ।
पौष २६ गते शनिबार हुने फाइनल खेलमा झरना स्पोर्ट्स क्लब भर्सेस कपिलवस्तु -११ कपिलवस्तु बीच प्रतियोगिता हुने क्लबका सचिव राजन खनालले जानकारी दिनु भयो ।

प्रतियोगिताको विजेता प्रथम पुरस्कार नगद ३ लाख ५५  हजार ५ सय ५५  रुपैयाँ हात पार्नेछ भने दोस्रो पुरस्कार १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिनुभयो।सो प्रतियोगिताको पुष २६ गते फाइनल खेल तथा समापन र सोही दिन बिहान ८ बजे रक्तदान कार्यक्रम हुने भएको क्लबका अध्यक्ष अमृत खड्काले जानकारी दिनुभयो ।