१३ औं शुद्वोदन गाउँपालिका फर्साटिकर कपको उपाधी झरना स्पोर्ट्स क्लबलाई

मेचीकाली संवाददाता

२७ पुष २०८२, आईतवार
30 shares


तुलसीराम पौडेल —
फर्साटिकर, पौष २६
रुपन्देहीको शुद्वोदन गाउँपालिका -४ सौ फर्साटिकर स्थित फर्साटिकर युवा क्लबको आयोजनामा फर्साटिकर माबिको खेलमैदानमा संचालित १३ औं शुद्वोदन गाउँपालिका फर्साटिकर कपको उपाधी प्राप्त गर्न झरना स्पोर्ट्स क्लब कुन्जलापुर सफल भएको छ।
।शनिबार सम्पन्न फाइनल प्रतियोगितामा झरना स्पोर्ट्स क्लब कुन्जलापुरले शुन्यका विरुद्ध २ गोलको अन्तरले कपिलवस्तु -११ कपिलवस्तुलाई पराजित गरि झरना स्पोर्ट्स क्लबले उपाधी पाउन सफल भएको हो
।कपको बिजेता झरना स्पोर्ट्स क्लबले ३ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित कप ,मेडल प्रमाणपत्र प्राप्त गरेको छ ।त्यसै गरि उपविजेता कपिलवस्तु -११ कपिलवस्तुले १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद सहित कप ,मेडल प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।शनिबार सम्पन्न फाइनल खेलमा म्यान अफ द म्याच झरना स्पोर्ट्स क्लबका संजय चौधरी घोषित भएका थिए। चौधरीले म्यान अफ द म्याच पुरस्कार नगद ३ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

१३ औं शुद्वोदन गाउँपालिका फर्साटिकर कपको उत्कृष्ट खेलाडी झरना स्पोर्ट्स क्लबका लक्ष्मण थापा घोषित भएका जसले नगद १५ हजार ५ सय ५५ रुपैया प्राप्त गरे । त्यसै गरि सर्वाधिक गोलकर्ता झरना स्पोर्ट्स क्लबका सुरज चौधरीले नगद १० हजार ५ सय प्राप्त गरे भने सोही क्लबकै खेलाडी टप बहादुर रानाले उत्कृष्ट गोल रक्षक हुन सफल भए बापत नगद १० हजार ५ सय रुपैया प्राप्त गरे ।
समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि शुद्वोदन गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले फर्साटिकर युवा क्लबको आयोजनामा हरेक बर्ष संचालन हुँदै आएको खेल प्रतियोगिताले शुद्वोदन गाउँपालिकालाई रास्टिय तथा अन्तर्राष्ट्रिय खेल जगतमा पहिचान गराउन सफल भएको बताउनु भयो ।साथै उहाँले गाउँपालिका सदैव खेलकुद विकास ,युवाको क्षमता अभिवृद्धि र स्वस्थ समाज निर्माणको लागि प्रतिबद्धता रहेको बताउनु भयो
।शुद्वोदन गाउँपालिका प्रवक्ता तथा वडा नम्बर -४ का वडा अध्यक्ष केशव अधिकारीले यस किसिमको प्रतियोगिताले स्थानीय युवाहरुको प्रतिभा उजागर गर्नुको साथै खेलकुद मार्फत अनुशासन ,एकता ,सहकार्य र भाइचाराको सन्देश फैलिएको बताउनु भयो ।
क्लबका अध्यक्ष अमृत खड्काको अध्यक्षता, खेलकुद संयोजक रबि खड्काको स्वागत मन्तव्य र क्लबका सचीव राजन खनालको संचालनमा सम्पन्न कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मुकेश कुवर र शुद्वोदन -५ का वडा अध्यक्ष चन्द्रभान चौधरीले शुभकामना मन्तव्य दिनुभएको थियोे ।