सैनामैना । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार तल्लिन भएर लागेको बताए । उनले उद्योगी व्यवसायीले स्वदेशमै लगानी गरेर उत्पादन बढाउन आग्रहसमेत गरे । रुपन्देहीको सैनामैना नगरपालिका–६ कलौनीमा सैनामैना व्यापार संघको आयोजनामा सुरु भएको सातौं सैनामैना कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८२ को सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने मुख्य आधार स्थानीय उत्पादन नै भएको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादनका सामग्रीको बजारीकरण र उद्यमशीलताको विकासबाट नै समृद्ध प्रदेशको आकांक्षा पूरा गर्न सकिने बताए । सो अवसरमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेललगायतले बोल्दै स्थानीय स्तरमा आयोजना हुने महोत्सवले स्थानीय बजार प्रवद्र्धनमा टेवा पु¥याउने बताए । माघ २५ गतेसम्म संचालन हुने महोत्सवमा एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले बताएका छन् । महोत्सवमा कूल १ सय ३० वटा स्टल रहने आयोजक समितिका प्रचारप्रसार संयोजक शिवलाल घिमिरेले जानकारी दिए ।
महोत्सवको टिकट एकसय रुपैया कायम गरिएको छ भने विद्यार्थीलाई कार्डको आधारमा छुट तथा बृद्ध र अपाङ्गहरुलाई निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । स्थानीय व्यापार, कृषि, पर्यटन, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव सुरु गरिएको हो । सैनामैना व्यापार संघका अध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलले महोत्सवको विषयमा प्रकाश पार्दै महोत्सवले सैनामैनाको कृषि, व्यापार, उद्योग र पर्यटन क्षेत्रको विकासमा सघाउ पु¥याउने बताउँदै स्थानीय उत्पादन र व्यवसाय प्रवद्र्धन हुने बताए । महोत्सवमा स्थानीय व्यापार, घरेलु उद्योग, कृषक र साना व्यवसायीलाई प्रोत्साहन गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
महोत्सवको आकर्षणको रुपमा हरेक दिन सांस्कृतिक कार्यक्रम, भजन, डान्सिङ आईडल, विज्ञान प्रदर्शनी, महिला पुरुष जोडी नृत्य तथा विद्यालयस्तरीय लोकनृत्यसमेत समावेश हुनेछ । महोत्सवको आकर्षणको रुपमा पर्यटन क्षेत्रलाई समेटेर फोटो प्रदर्शनी तथा जलपरी र कलात्मक लण्डन ब्रिजको आकर्षण रहने बताइएको छ । सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण पोखरेलको स्वागत तथा महासचिव भीमलाल सुवेदीले सञ्चालन गरेका थिए । उद्घाटन समारोह अघि सैनामैनाका विभिन्न स्थानबाट चेतनामूलक ¥यालीसमेत निकालिएको थियो ।
