यज्ञोदयमा श्रीमद्वभागवत महायज्ञ शुक्रबारदेखि संचालन हुने

मेचीकाली संवाददाता

१६ माघ २०८२, बिहीबार
67 shares

तुलसीराम पौडेल —
फर्साटिकर, माघ १५

रुपन्देहीको शुद्वोदन गाउँपालिका -३ रमवापुर स्थित यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पसमा माघ १६ गतेदेखि श्रीमद्भागवत धनाधान्यान्चल ज्ञान विज्ञान महायज्ञ संचालन हुने भएको छ ।क्याम्पसमा नया प्राविधिक कार्यक्रमहरु  BBA (Bachelor of Business Administration), BITM( Bachelor of Information Technology Management ) ,
BCA( Bachelor of Computer Application ),
PGD (Post Graduate in diploma ) सम्बन्ध प्राप्त गरि संचालन गर्नको लागि महायज्ञको आयोजना गर्न लागिएको हो ।
यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस २०५९ सालमा तत्कालीन शिक्षाप्रेमी अगुवाहरूको परिकल्पना सहित महायज्ञको जगबाट स्थापित भई स्नातक तहका कक्षाहरु BA, B.ED , BBS संचालन भएको र २०६९ मा पुन अर्को सफल महायज्ञको माध्यमबाट यस क्षेत्रमा स्नातकोत्तर तह MBS सम्मको शिक्षा प्रदान गर्दै आइरहेको अन्तर्राष्ट्रिय गुणस्तर प्रत्याययन प्रमाणपत्र Q AA प्राप्त क्याम्पस हो ।

माघ १६ गतेदेखि २३ गतेसम्म संचालन हुने महायज्ञमा प्रमुख वाचक सुप्रसिद्ध कथावाचक गुरु श्री चैतन्य कृष्ण महाराजज्यूको मुखारविन्दबाट दैनिक रूपमा सुमधुर संगीतमय लिलामय अलौकिक प्रवचन गर्नुहुनेछ ।
माघ १६ गते शुक्रबार दिउँसो १ बजे स्वामी मुक्तिनाथ बाबाज्यूको करकमलबाट महायज्ञको समुद्घाटन गर्नुहुनेछ।