मगर महिला सघं बुटवलद्वारा नेतृत्व विकास तालिम

मेचीकाली संवाददाता

१७ माघ २०८२, शुक्रबार
35 shares

बुटवल । नेपाल मगर संघ बुटवल उपमाहानगर समितिको आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । तालिमका अवसरमा बोल्दै नेपाल मगर महिला संघकी पूर्वअध्यक्ष सकुन्तला पुन मगरले नेपाल मगर महिला संघ हरेक तहको नेतृत्व लिन तयार रहेको बताउँदै समाज परिवर्तनमा मगर महिला संघकको महत्वपूर्ण योगदान रहेको बताइन् ।

कार्यक्रममा नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिका संस्थापक अध्यक्ष तथा संरक्षक ओमी पुन मगरले मगर महिलाको सशक्तिकरणका लागि धेरै काम गरेको बताउँदै सिपयुक्त महिला बनाउन पहल गर्दै हातेतानबाट रोजगार सिर्जना गर्दै महिला दिदीबहिनीलाई अगाढि बढ्न अनुरोध गरिन् ।

कार्यक्रममा पत्रकार मिलन गाहा, अधिवक्ता सुन्दर तरामूलगायतले बोल्दै मुलुकको समृद्धिका लागि मगर महिलाको विकास अपरिहार्य भएको बताइन् । तालिमको सहजिकरण कुमारी थापाले गरेकी थिइन् भने तालिममा बुटवल उपमाहानगरका १९ वडाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।