बुटवल। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेलाई कसैले किनारा लगाउन नसक्ने दावी गरेका छन । एमाले नेपाली जनतामा विश्वासको घरमा रहेको बताउँदै उपाध्यक्ष पौडेलले कुनै पनि पार्टीले जुनसुकै प्रयत्न गरे पनि सम्भव नभएको पौडेलको भनाइ छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ६ को वडा परिचालन कमिटीको प्रचार कार्यालय मंगलबार उदघाटन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘कुहिनाले पहाड पन्छाउन सम्भव नभएजस्तै कसैले एमालेलाई पन्छाउने सपना नदेखे हुन्छ । जनताकोबीचमा विश्वास घर बनाएको पार्टीले कसैले किनारा लगाउन नसोचे हुन्छ ।’ देशको बागडोर सम्हाल्ने बनाउन एमालेलाई विजयी गराउने काम जनताको काँधमा रहेको छ ।
आफू जनताको साथ र समर्थनले चुनावी मैदानमा पार्टी होमिएकोले सम्पूर्ण कार्यकतासहित एमालेका उम्मेदवारलाई जिताउन सबै लाग्नुपर्ने अवस्था आएको पौडेलको भनाइ । रुपन्देही देशको विकसित ठाउँको रुपमा विकास भएको बताउँदै पौडेलले अझै बाँकी रहेको एकसाथ सम्पन्न गर्दै अघि बढने उनको भनाइ छ । बुटवलका जनताले आर्शिवादले आफू पटक–पटक निर्वाचित भएको बताउँदै पौडेलले यो पटक पनि नागरिकको सदभाव र मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ छ ।
कार्यक्रममा एमाले समानुपातिक उम्मेदवार एजाज आलमले देशको भविश्य निर्माण गर्न र यस क्षेत्रको थप विकासको लागि उपाध्यक्ष विष्णु पौडेललाई जिताउन सबै एकताबद्ध हुन आवश्यक रहेको बताए । जगदीशचन्द्र आचार्यको अध्यक्षतमा कार्यक्रम भएको थियो । कार्यक्रममा एमाले कार्यकताको उल्लेख्नीय सहभागिता रहेको थियो ।
