२९ औं वार्षिकोत्सबको अवसरमा संस्कार इङलिस बोर्डिङ स्कुलमा शुक्रबारदेखि विविध कार्यक्रम शुरु

मेचीकाली संवाददाता

१ फाल्गुन २०८२, शुक्रबार
72 shares

तुलसीराम पौडेल –
सियारी, फाल्गुन १
रुपन्देहीको सियारी गाउँपालिका -४ शिवपुर स्थित संस्कार इङलिस बोर्डिङ स्कुलको २९ औं वार्षिकोत्सब तथा तथा अभिभावक दिवसको अवसरमा विद्यालयले ३  दिनसम्म विभिन्न कार्यक्रमहरु सहित स्थापना दिवस मनाउने भएको छ।
कार्यक्रम अन्तरगत शुक्रबार
सम्पन्न कक्षागत नृत्य प्रतियोगितामा कक्षा ८ को समूह प्रथम ,कक्षा ७ को समूह दोस्रो र कक्षा ९ को समूह तेस्रो भएका छन् ।
त्यसै गरि सम्पन्न महिला अभिभावक कुर्सी रेस प्रतियोगितामा रेजिना पल्ली प्रथम ,सपना शर्मा दोस्रो र बिष्णु पाण्डे तेस्रो भएकी छिन ।
कार्यक्रम विद्यालय संचालित समितिका अध्यक्ष कृष्ण प्रसाद भुसालले उद्वाटन गर्नुभएको थियोे ।
कार्यक्रममा विद्यालयका प्राचार्य लोक शर्मा बस्यालले  कार्यक्रमको उद्देश माथी प्रकाश पार्नुको साथै विद्यालयको उत्कृष्ट प्रगति विवरण प्रस्तुत गर्नुभएको थियोे ।
सह प्राचार्य यामलाल आचार्यको स्वागत मन्तव्य तथा शिक्षक गङ्गाधर आचार्यको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य बिष्णु माया जैसवाल ,मदरसा बोहराका प्रधानाध्यापक बेलमाया सुवेदी र कक्षा ८ कि छात्रा साक्षी त्रिपाठी लगायतद्वारा शुभकामना मन्तव्य दिइएको थियोे ।
कार्यक्रमको दोस्रो दिन शनिबार  
विद्यालयमा विद्यार्थीहरुको कक्षागत खाना महोत्सव,अभिभावक विद्यार्थी संयुक्त नृत्य प्रतियोगिता  ,पुरुष अभिभावक हण्डिफोर प्रतियोगिता ,विद्यालयबाट एस. इ . ई. परिक्षा उत्तीर्ण गरि एमबीबीएसमा निशुल्क छात्रवृत्ति प्राप्त गर्न सफल  विद्यार्थी र अभिभावक सम्मान कार्यक्रम र माइला बा को बेजोड प्रस्तुति रहनेछ।