२९ औं वार्षिकोत्सबको अवसरमा संस्कार इङलिस बोर्डिङ स्कुलमा विविध कार्यक्रम सम्पन्न

मेचीकाली संवाददाता

२ फाल्गुन २०८२, शनिबार
51 shares

तुलसीराम पौडेल –
सियारी, फाल्गुन २
रुपन्देहीको सियारी गाउँपालिका -४ शिवपुर स्थित संस्कार इङलिस बोर्डिङ स्कुलको २९ औं वार्षिकोत्सब तथा तथा अभिभावक दिवसको अवसरमा विद्यालयले मनाउने ३ दिने कार्यक्रम अन्तर्गत कार्यक्रमको दोस्रो दिन विविध कार्यक्रम सम्पन्न भएको छ।  शनिबार सम्पन्न पुरुष अभिभावक तर्फ भएको हण्डिफोर प्रतियोगितामा खेमप्रसाद शर्मा विजयी भएका छन् ।सम्पन्न अभिभावक र विद्यार्थीको संयुक्त नृत्यमा ममता सुनार र हायत विक प्रथम भएका छन् ।त्यसै गरि सान्त्वना हुनेमा इन्दिरा शाही ,कृस्टी शाही ,कृस्टिना शाही ,निर्मल क्षेत्री ,सोम्या क्षेत्री ,लक्ष्मी घिमिरे ,आराधना घिमिरे ,इस्वरी भण्डारी ,बित्सन भण्डारी रहेका छन् ।
शनिबार विद्यार्थीहरुको फुड फेस्टिवल कार्यक्रम सम्पन्न भएको थियोे ।संस्कार इङलिस बोर्डिङ स्कुलमै अक्षराम्भ गरि एसईई उत्तीर्ण भएर एमबीबीएसमा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी मनिष मिश्रलाई सम्मान गरिएको थियो । कार्यक्रममा माइल बा को बेजोड प्रस्तुति रहेकोे थियोे ।
त्यसै गरि विद्यालयका प्राचार्य लोकशर्मा बस्यालले विद्यालयको उत्कृष्ट प्रगती विवरण प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सियारी गाउँपालिका वडा नम्बर -४ का अध्यक्ष श्रीराम यादव ,प्याब्सन रुपन्देहीका वरिष्ठ उपाध्यक्ष कुलराज शर्मा ,प्याब्सन सियारीका अध्यक्ष कमल पौडेल ,लिग्जा कलेजका अध्यक्ष गोपाल पाण्डे ,समाजसेवी चन्द्र बस्याल र विद्यार्थी गरिश्मा श्रेष्ठबाट शुभकामना मन्तव्य दिइएको थियो ।

विद्यालयका सह प्राचार्य यमलाल आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन शिक्षक गङ्गाधर चापागाईंले गर्नुभएको थियोे ।
आइतबार स्थापना दिवस खुशी मनाउने ,पुरस्कार वितरण र लोक नृत्य कार्यक्रम सम्पन्न हुने विद्यालयले जनाएको छ।