मिलन गाहा
बुटवल । मगर समुदायको कला संस्कृती र भाषा बचाउन मगर संघ केन्द्रीय समितिले अभियान सञ्चालन गरेको मगर संघका केन्द्रीय सह अध्यक्ष गंगा खासु मगरले बताएकी छिन् । मगर संघको ४४ औँ स्थापना दिबसका अबसरमा एमजी क्लब बुटवलले आयोजना गरेको मौलिक खाना तथा साँस्कृतीक कार्यक्रमलाई सम्बोधन गर्दे खासुले सो कुरा बताएकी हुन् ।
मगर समुदायको बिकासका लागि चारखम्बे नीति अबलम्बन गर्दै शिक्षा, सामाजिक न्याय, आर्थीक बिकाससहित कला संस्कृतीको जगेर्ना र संरक्षणका लागि देशैभरी तथा अन्तराष्ट्रीयस्तरमा मगर संघको कार्यान्वयनमा जोड दिएको उनले बताइन् ।
मुलुकको हरेक परिवर्तन र सम्वृद्धीमा मगर समुदायले गरेको त्याग तपस्या र बिदेशमा बेचीएर पठाएको रेमिट्यान्सको योगदानको अबमुल्यन भएको उनले बताइन् । बिगतमा नेपालको राज्य सत्तामा मगर समुदायले नेतृत्व गरेको ईतिहास रहेको तथा पछिल्लो समय एकल जातीय राज्य सत्ताले समाबेशीताको नारा ब्यबहारमा उतार्न नसकेको गुनासो गर्दै उनले निरन्तर खबरदारी तथा बिभिन्न चरणको आन्दोलन जारी रहेको बताइन् ।
राज्यले मेटिएका र मेटाउन कोसीस गरीएका ऐतिहासिक थातथलोको पहीचान पुनस्थापना गर्न सकेमा नेपालको बहुभाषीक तथा बहुसास्कृतीक मुलुकको पहीचान स्थापना हुने र समग्र राज्य बलीयो हुने उनको तर्क छ ।
कार्यक्रममा उद्योगी व्यवसायी गम प्रसाद रेशमी, समाजसेवी ओमीकला गाहा मगर, बुटवल उपमहानगरका प्रबक्ता शिब राना, समाजसेवी प्रकाश राना, व्यवसायी मिन बहादुर पुन, मगर संघ रुपन्देहीका अध्यक्ष थर्क बाह्रघरे, मगर पत्रकार संघका केन्द्रीय सचीब मिलन गाहा मगर, अधिबक्ता मदन पुन, डा.ज्योती रानासहीत बिभीन्न क्षेत्रमा कार्यरत मगर समुदायका व्यक्तिहरुको उपस्थीति रहेको थियो । कार्यक्रममा बिभिन्न समयमा गरेका उपलब्धी, कोरोना पछिको समयमा गरीएको सहयोग, बिभिन्न बिद्यालयमा गरीएको सहयोग, बिभिन्न खेलकुद प्रतियोगिताको आयोजना, रक्तदान तथा बिभिन्न समाजसेवाका कामबारे संस्थापक अध्यक्ष तुल बहादुर सारुले जानकारी गराएका थिए ।
संस्कृतीको संरक्षणमा कलाकार सिद्धार्थ आले र दिपीका बयम्बु मगर र दिपु मगरले मौलीक गीतहरु प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा ब्रिटिस आर्मीका रिटायर्ड सार्जन ९४ बर्षीय मन बहादुर सारुलाई सम्मान समेत गरीएको थियो । कार्यक्रम एमजी क्लबका अध्यक्ष देवलाल अर्घाली मगरको अध्यक्षता, बरीष्ठ उपाध्यक्ष निल बहादुर गाहाको स्वागत, महासचीव निर बहादुर गाहाको सञ्चालनमा सम्पन्न भएको थियो । एमजी क्लबले कोरोना कालदेखी अन्य बिभिन्न समयमा समस्यामा परेका असहायका लागि सहयोग प्रदान गर्दै आइरहेको छ ।
