बुटवल । नेपाल विद्युुत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, लुम्बिनी प्रदेशको १२औ अधिवेशन बुटवलमा सम्पन्न भएको छ । अधिवेशनबाट टेक बहादुर बुढाको अध्यक्षतामा २५ सदस्यीय लुम्बिनी प्रदेश समिती सर्वसम्मत चयन भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल बिद्युत प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मनोज यादवले आम जनतालाइ प्रदान गर्ने सेवालाइ चुस्त बनाउनलाइ व्यवस्थावन र सबै ट्रेड युनियन कर्मीहरुको साथ आवश्यक रहेको बताए ।
राष्ट्रिय कर्मचारी युनियन, केन्द्रिय अध्यक्ष रामेश्वोर प्रसाद पौडेलले नेपाल बिद्युत प्राधिकरणमा मात्र नभइ नेपालको समग्र ट्रेडयुनियन आन्दोलनको रोल मोडलको राष्ट्रिय कर्मचारी युनियन कुनै पनि अमुक दल वा पार्टीसँग आवद्ध नभइ राजनीतिक रुपमा स्वतन्त्र भइ आफ्ना गतिबिधी गर्दै आएकोले सबै कर्मचारीहरुको साथ र समर्थन प्राप्त गरिरहेको बताए ।
नवनिर्वाचित प्रदेश अध्यक्ष बुढाले नेपाल बिद्युत प्राधिकरणको सेवालाई सहज र उत्कृष्ट तथा जनतामैत्री बनाउनका लागि आफुहरु सधैं व्यवस्थापनको सहयोगी र निकट रहेर रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए । आगामी दिनहरुमा अझ सशक्त रुपमा उभिने उनले बताए । कार्यक्रम प्रदेश उपाध्यक्ष कल्पना ज्ञवालीको स्वागत तथा सचिव गोपाल प्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएके थियो । अधिवेशनबाट २० जना केन्द्रिय प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका थिए ।
