मर्चवार। रुपन्देही क्षेत्र नम्बर ४ मा एमालेको पक्षमा जनलहर बढ्दै गएपछि नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट समानुुपातिक उम्मेदवार रहेका झिनकराज हरिजन एमाले प्रवेश गरेका छन् । मर्चवारमा आयोजित एक कार्यक्रमका बिच पार्टीका केन्द्रिय सचिव छबिलाल विश्वकर्माले हरिजनलाई माला लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेशपछि हरिजनले भने, ‘विकासको लागि एमाले आवश्यक भएको निष्कर्ष निकालेर पार्टी प्रवेश गर्ने निर्णय गरेको हुुँ ।’
सो अवसरमा एमालेका केन्द्रिय सचिव विश्वकर्माले विकास र समृद्धिको बाहक एमालेको मर्चवारमा विजयी सुुनिश्चिता बढ्दै गएको बताए । उनले भने, ‘मर्चवारको सामाजिक र भौतिक विकासकोलागि फागुुन २१ को चुनावमा मर्चवारबासीले सुूर्य चिन्हमा मतदान गर्नेछन् ।’ पूर्व गृहराज्यमन्त्री रिजवान अन्सारीको नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टीको तर्फबाट रुपन्देहीको मर्चवारमा हरिजन उम्मेदवार रहेका थिए ।

हरिजनलाई पार्टी प्रवेश गराउने उक्त कार्यक्रममा एमाले पूर्वकेन्द्रिय सदस्य एकराज विश्वकर्मा, जिल्ला अध्यक्ष यज्ञ गैरे, जिल्ला उपाध्यक्ष हितराज पन्थी, उपसचिव सुनिता ठटेर, पार्टीका तर्फबाट रुपन्देही–४ मा उम्मेदवार रहेका प्रमोदकुुमार यादव, बब्लुु शुुक्ला, सनोजकुुमार यादवलगायत उपस्थित रहेका थिए ।
हरिजनलाई पार्टी प्रवेश गराएपछि मायादेविको मकरीदेखि समरीसम्म हजारौँ मोटरसाइकलको सहभागितामा चुुनावी सन्देश ¥याली निकालिएको थियो । उक्त ¥याली मकरीदेखि, तुनिहवा, मझगाव, कोटही मन्दिर, मर्चवारी मन्दिर, बगौली, करौता, थुुमहवा, रोहिनिहवा, असुरऐना, दुुइमुुहान, अमवा, पिप्रहवा हँुुदै करौतासम्म पुुगेको हो ।

चुनावी सन्देश ¥यालीमा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त सन्देश रैलीले मर्चवारका जनतालाई निर्वाचनप्रति थप सकारात्मक बनाएको एमाले पार्टीका तर्फबाट उम्मेदवार रहेका प्रमोदकुुमार यादवले बताए । उनले भने, ‘स्वतस्फूर्त रुपमा युवाहरु सहभागी भई चुुनावी सन्देश ¥यालीमा सहभागी भएका छन् । यसले मर्चवार क्षेत्रमा चुनावलाई शान्तिपूर्ण रुपमा सफल पार्न सहयोग गर्नेछ ।’
