रमेश पराजुली
बुटवल । लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २१ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि पहिलो दल बनेको छ । रास्वपाले लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी कुल ९ लाख ३३ हजार ३५२ मत पाएको छ । निर्वाचन आयोगका अनुसार स्थापित दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) रास्वपाभन्दा धेरै मत संख्यामा तल छन् । कांग्रेस ३ लाख २८ हजार ७१९ मतसहित दोस्रो र एमाले २ लाख ९६ लाख ५४२ मतसहित तेस्रो स्थानमा छन् ।
यस्तै चौथो स्थानमा रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले १ लाख ५५ हजार २४२, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८० हजार ४८, जनता समाजवादी पार्टी, नेपालले २५ हजार ४८९ र श्रम संस्कृति पार्टीले २३ हजार ५०३, एकल चिन्ह चकिया (जाँतो) २० हजार ८६, जनमत पार्टीले १७ हजार १११, राष्ट्रिय जनमोर्चाले १६ हजार ५६, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले ७ हजार ६७२ मत मात्र ल्याउन सफल भए । लुम्बिनीका २६ निर्वाचन क्षेत्रमध्ये रुकुम पूर्व र रोल्पाबाहेक २४ क्षेत्रमा रास्वपाले ठुलो मतसहित बर्चस्व जमाउन सफल भएको छ । कुल ३३ लाख ८६ हजार ६८० जना मतदाता रहेको लुम्बिनी प्रदेशमा ५९.९१ प्रतिशत अर्थात् २० लाख २८ हजार ९६० मत खसेको थियो । जसमा १ लाख भन्दा बढी मत बदर भएको छ ।
कुन जिल्लामा कुन दलले कति मत पाए ?
पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रत्यक्षतर्फ सबै क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको रास्वपा समानुपतितर्फ पनि पहिलो पार्टी बनेको छ । यहाँ रास्वपाले २ लाख ४२ हजार ४०२ मत पाउँदा कांग्रेसले ५१ हजार ९४९, एमालेले ५१ हजार ५९६ मत पाएको छ भने, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार ३१२ र नेपाली कम्युनिष्ट पार्टीले ११ हजार ३४८ मत पाएको छ ।
रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपाले ५५ हजार १३२, राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार ४७५, कांग्रेसले १० हजार ३८, एमालेले ७ हजार १५, श्रम संस्कृति पार्टीले २ हजार ५०४ र नेपाली कम्युनिष्ट पार्टीले २ हजार ३२ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका महामन्त्री सुनिल लम्साल ५४ हजार ८४५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
यस्तै क्षेत्र नम्बर २ मा रास्वपाले ५६ हजार ७७२, एमालेले १० हजार ८९८, कांग्रेसले ८ हजार ४६७, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ५४७, श्रम संस्कृति पार्टीले २ हजार ३२४ र नेपाली कम्युनिष्ट पार्टीले १ हजार ६०३ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका सुलभ खरेल ५६ हजार ५५० मत पाएर निर्वाचित भएका थिए ।
यस्तै क्षेत्र नम्बर ३ मा रास्वपाले ५८ हजार ३२५, कांग्रेसले ८ हजार १८६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ हजार ११८, एमालेले ७ हजार ६८९ र नेपाली कम्युनिष्ट पार्टीले २ हजार २७७ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका डा.लेखजंग थापा ५८ हजार ८१४ मत पाएर निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर ४ मा रास्वपाले ३० हजार ४१७, एमालेले १५ हजार ६७८, कांग्रेसले १४ हजार ०४०, जनता समाजवादी पार्टी, नेपालले ३ हजार ७८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ५१ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका कन्हैया बनियाँ २८ हजार ६६ मत पाएर निर्वाचित भएका थिए ।
यस्तै क्षेत्र नम्बर ५ मा रास्वपाले ४१ हजार ७५६, कांग्रेसले ११ हजार २१८, एमालेले १० हजार ३१६, नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ८९९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार १२१ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका तौफिक अहमद खाँन ३८ हजार ८०६ मत ल्याएर निर्वाचित भएका थिए ।
दुईवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा रास्वपा नै पहिलो स्थानमा रहेको छ । निर्वाचन कार्यालयका अनुसार यहाँ रास्वपाले ५२ हजार ५२ मत पाउँदा एमालेले २८ हजार ९०५, कांग्रेसले २५ हजार ५५२, नेपाली कम्युनिष्ट पार्टीले ५ अजार ७८६, राष्ट्रिय जनमोर्चाले १ हजार २८७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ८९ मत पाएको छ ।
गुल्मी क्षेत्र नम्बर १ मा रास्वपाले ३० हजार ६५७ मत प्राप्त गरेको छ । एमालेले १४ हजार १३०, कांग्रेसले १२ हजार ७३१ मत र नेपाली कम्युनिस्ट पार्टीले ३ हजार ३३ मत पाएको छ । गुल्मी–१ मा कुल १ लाख २२ हजार १८६ मतदाता रहेकोमा ६४ हजार ७८७ जनाले मतदान गरेका थिए । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका सागर ढकाल २९ हजार ६४२ मत ल्याएर निर्वाचित भएका थिए ।
त्यस्तै गुल्मी क्षेत्र नम्बर २ मा पनि रास्वपा पहिलो स्थानमा रहेको छ । यस क्षेत्रमा रास्वपाले २१ हजार १९१ मत प्राप्त गरेको छ । नेकपा एमालेले १४ हजार ७१५, कांग्रेसले १२ हजार ५६० र नेपाली कम्युनिस्ट पार्टीले २ हजार ७५२ मत पाएको छ । यहाँ कुल १ लाख ७ हजार ३६३ मतदाता रहेकोमा ५३ हजार ११४ जनाले मतदान गरेका थिए । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै गोविन्द पन्थी १६ हजार ९६७ मत पाएर निर्वाचित भएका थिए ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा समानुपतिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रथम भएको छ । रास्वपाले प्रत्यक्षभन्दा चार हजार बढी मत अर्थात् ३९ हजार ५८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ३५ हजार २३ मत प्राप्त गरी हरिप्रसाद भुसाल निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेको एमालेले २० हजार ४५१, कांग्रेसले १७ हजार ६५१, नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ९७७, राष्ट्रिय जनमोर्चाले २ हजार ३८८ र राप्रपाले ७२५ मत प्राप्त गरेको छ ।
यस्तैगरी पाल्पामा पनि रास्वपा पहिलो स्थानमा रहेको छ । पाल्पामा रास्वपाले ५० हजार ४५२, एमालेले २४ हजार ९६६, कांग्रेसले २४ हजार ६, नेपाली कम्युनिष्ट पार्टीले ५ हजार २८६, श्रम संस्कृति पार्टीले ३ हजार ५५८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ३९९ मत पाएको छ ।
क्षेत्र नम्बर १ मा रास्वपाले १९ हजार ७३८, एमालेले १५ हजार १६५, नेपाली कांग्रेसले १३ हजार १७१, श्रम संस्कृति पार्टीले १ हजार ७९५, नेपाली कम्युनिष्ट पार्टीले १ हजार ५४ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ कांग्रेसका सन्दीप राना १८ हजार ३३६ मत प्राप्त गरी निर्वाचित भएका थिए । क्षेत्र नम्बर २ मा रास्वपाले ३० हजार ७१४, नेपाली कांग्रेसले १० हजार ८३५, एमालेले ९ हजार ८०१, नेपाली कम्युनिष्ट पार्टीले ४ हजार २३२ र श्रम संस्कृति पार्टीले १ हजार ७६३ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै माधवबहादुर थापा २६ हजार ७३६ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
यस्तै कपिलवस्तुमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा रहेको छ । रास्वपाले १ लाख ५४९, कांग्रेसले ४६ हजार ३९१, एमालेले २५ हजार ६२०, नेपाली कम्युनिष्ट पार्टीले २२ हजार ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ९८३ मत पाएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर १ मा रास्वपाले ४३ हजार २५२, कांग्रेसले १३ हजार १८७, एमालेले ७ हजार ६२१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार ८४२, नेपाली कम्युनिष्ट पार्टीले ४ हजार ५ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै मोहनलाल आचार्य ३४ हजार १४८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर २ मा रास्वपाले ३१ हजार १२७, कांग्रेसले १९ हजार १३४, नेपाली कम्युनिष्ट पार्टीले १४ हजार ३३८, एमालेले ६ हजार ८४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार ७८७ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै विक्रमसिंह थापा २७ हजार ६३५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
कपिलवस्तु क्षेत्र नम्बर ३ मा पनि रास्वपाले सबैभन्दा धेरै २६ हजार १७० मत पाएको छ । कांग्रेसले १४ हजार ७०, एमालले ११ हजार १५०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ३५४, एकल चिन्ह चकिया (जाँतो) ले ४ हजार ७५० र नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ७२० मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका अभिषेक प्रताप शाह २३ हजार ५३५ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
उता दाङमा पनि रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । यहाँ रास्वपाले १ लाख ५४९, कांग्रेसले ४६ लाख ३९१, एमालेले २५ हजार ६२०, नेपाली कम्युनिष्ट पार्टीले २२ हजार ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १७ हजार ९८३ मत पाएको छ । दाङ क्षेत्र नम्बर १ मा रास्वपाले ४३ हजार ८४४, नेपाली काँग्रेसले १४ हजार ३५५, एमालेले ६ हजार ९८४, नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ५३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ९०७ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै देवराज पाठक ४२ हजार ६०२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर २ मा रास्वापाले ४२ हजार ६५८, एमालेले १३ हजार ९२६, कांग्रेसले ११ हजार ३६९, नेपाली कम्युनिष्ट पार्टीले ७ हजार २६८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७५६ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्य ४३ हजार ५५९ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर ३ मा रास्वपाले ४४ हजार ४९९, कांग्रेसले १५ हजार ७२४, एमालेले १२ हजार ४४५, नेपाली कम्युनिष्ट पार्टीले ८ हजार २५६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार २२८ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै कमल सुवेदी ४४ हजार २४८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
यस्तै एउटा मात्रै निर्वाचन क्षेत्र रहेको प्युठानमा पनि सबैभन्दा धेरै मत प्राप्त गरी रास्वपा पहिलो स्थानमा रहेको छ । यहाँ रास्वपाले ३० हजार ७५२, एमालेले १६ हजार १९५, कांग्रेस १५ हजार २२६, नेपाली कम्युनिष्ट पार्टीले ९ हजार १८१, राष्ट्रिय जनमोर्चाले ७ हजार ६७९ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै सुशान्त वैदिक २७ हजार ४६९ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा पनि रास्वपानै पहिलो पार्टी बनेको छ । रास्वपाले ९० हजार २९, एमालेले ४७ हजार १०२, कांग्रेसले ४० हजार ८६, नेपाली कम्युनिष्ट पार्टीले १३ हजार १६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १० हजार ९१४ मत पाएको छ ।
बाँके क्षेत्र नम्बर १ मा रास्वपाले सबैभन्दा बढी ३४ हजार ३८२ मत ल्याएको छ । कांग्रेसले १४ हजार २२४ मत ल्याएर दोस्रो र एमालेले १० हजार ३२० मत ल्याएर तेस्रो स्थान हासिल गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ५ हजार ८४३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार २८४ मत ल्याएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै सुरेशकुमार चौधरीे ३२ हजार ७९२ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर २ मा रास्वपाले २४ हजार ३४१, एमालेले २० हजार ५५२, कांग्रेसले १२ हजार ५८४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ६६५, नेपाली कम्युनिष्ट पार्टीले ३ हजार १६५ र जनता समाजवादी पार्टी, नेपालले १ हजार ७९९ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ एमालेका मोहम्मद इश्त्यिाक राई २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर ३ मा रास्वपाले ३१ हजार ३०६, एमलेले १६ हजार २३०, कांग्रेसले १३ हजार २७८, नेपाली कम्युनिष्ट पार्टीले ४ हजार १५८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ९६५ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै खगेन्द्र सुनार २९ हजार ५५१ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
यस्तैगरी रोल्पामा समानुपातिकतर्फ नेपाली कम्युनिस्ट पार्टीले प्रथम स्थान हासिल गरेको छ । नेकपाले २५ हजार ६२ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । रास्वपालाई १३ हजार ६३८ मत प्राप्त भएको हो । तेस्रोमा रहेको कांग्रेसलाई ११ हजार ४९९ र चौथोमा पुगेको एमालेले १० हजार ९ सय मत पाएको छ । यसैगरी नेकपा (माओवादी) लाई समानुपातिकमा २ हजार ६१५ मत प्राप्त भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ८८६, श्रम संस्कृति पार्टीले ७ ८८ मत पाएको छ । रोल्पामा समानुपातिक निर्वाचनतर्फ ७० हजार १५४ मत खसेकोमा २ हजार ५७८ मत बदर भएको छ । यहाँ प्रत्यक्षतर्फ नेकपाका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन २७ हजार ४६० मत प्राप्त गरी निर्वाचित भएका थिए ।
यस्तै लुम्बिनी प्रदेशको एउटा मात्रै हिमाली जिल्ला रुकुम पूर्वमा नेपाली कम्युनिष्ट पार्टीले सबैभन्दा धेरै मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । यहाँ नेकपाले ९ हजार ४४३, एमालेले ३ हजार ३२९, कांग्रेसले २ हजार ८७० मत पाएको छ भने रास्वपाले १ हजार ९७० मत प्राप्त गरी चौथो स्थानमा रहेको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मत प्राप्त गरी निर्वाचित भएका थिए ।
बर्दियामा पनि रास्वपाले सबैभन्दा धेरै मत पाएकोे छ । यहाँ रास्वपाले ८३ हजार ४४३, कांग्रेसले ३१ हजार ६७७, नेपाली कम्युनिष्ट पार्टीले २५ हजार ९४८, एमालेले २४ हजार २४०, एकल चिन्ह चकिया (जाँतो)ले ६ हजार ९५१ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ४९३ मत पाएको छ ।
बर्दिया क्षेत्र नम्बर १ मा रास्वपाले ४९ हजार ३२२, एमालेले १३ हजार ८७०, कांग्रेसले १२ हजार ७२, नेपाली कम्युनिष्ट पार्टीले ८ हजार ७९४, एकल चिन्ह चकिया (जाँतो) ले ५ हजार ४१९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ हजार ८६६ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै पार्टीका ठाकुरसिंह थारू ४९ हजार ६३१ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
यस्तै क्षेत्र नम्बर २ मा रास्वपाले रास्वपाले ३४ हजार १२१, कांग्रेसले १९ हजार ६०५, नेपाली कम्युनिष्ट पार्टीले १७ हजार १५४, एमालले १० हजार ३७० र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ६२७ मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै श्रीधर पोखरेल २९ हजार ६७८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा पनि रास्वपा पहिलो स्थानमा रहेको छ । यहाँ रास्वपाले ९७ हजार ९७९, कांग्रेसले २० हजार ३३४, जनता समाजवादी पार्टी, नेपालले १२ हजार ७५१, एमालेले १० हजार ७७४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ हजार ५१७, नेपाली कम्युनिष्ट पार्टीले २ हजार ९२१ मत पाएको छ । क्षेत्र नम्बर १ मा रास्वपाले ४७ हजार ४०७, कांग्रेसले ८ हजार ९४५, एमालेले ६ हजार ४६८, जनता समाजवादी पार्टी, नेपालले ६ हजार ४१६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार १०३ र नेपाली कम्युनिष्ट पार्टीले १ हजार २४० मत पाएको छ । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै विक्रम खनाल ४५ हजार २४१ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
क्षेत्र नम्बर २ मा रास्वपाले ५० हजार ५७२, कांग्रेसले ११ हजार ३८९, जनता समाजवादी पार्टी, नेपालले ६ हजार ३३५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ४१४, एमालेले ४ हजार ३०६, एकल चिन्ह चकिया (जाँतो) ले १ हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीले १ हजार ६८१ र जनमत पार्टीले १ हजार ६४२ मत पाएका छन् । यस क्षेत्रमा प्रत्यक्षतर्फ रास्वपाकै नरेन्द्रकुमार गुप्ता ४४ हजार १३८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
यसैबिच लुम्बिनी प्रदेशमा रहेका २६ वटा निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै २१ वटा क्षेत्रमा सानदार जित हासिल गरेको छ । नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले समान २–२ क्षेत्रमा जितेका छन् भने एमाले एउटा मात्रै सिटमा खुम्चिएको छ ।
रास्वपाले एमाले–कांग्रेसका पुराना गढ भत्काउँदै रुपन्देहीका ५ वटै, दाङका ३ वटै, गुल्मीका २ वटै, नवलपरासी पश्चिमका २ वटै र बर्दियाका २ वटै क्षेत्रमा ‘क्लिन स्वीप’ गरेको छ । यस्तै अर्घाखाँची, प्युठान, पाल्पाको एउटा, कपिलवस्तु र बाँकेका २–२ वटा क्षेत्रमा रास्वपाले भारी मतान्तरका साथ सानदार जित निकाल्दा कांग्रेसले पाल्पा र कपिलवस्तुका एक–एक क्षेत्र, नेकपाले रुकुम पूर्व र रोल्पा गरी २ वटा क्षेत्र तथा एमालेले बाँकेको एउटा मात्रै क्षेत्रमा जित हासिल गरेको हो ।
