ओमोडा जेको ‘जेसिक्सटी’ गाडी बजारमा

मेचीकाली संवाददाता

१७ चैत्र २०८२, मंगलवार
13 shares

बुटवल, चैत १७ । ओमोडा जेको बुटवल–भैरहवा सोरूमले मंगलबार नयाँ जेको ‘जेसिक्सटी’ गाडी बजारमा ल्याएको छ । सुरुवाती मूल्य ६६ लाख ९९ हजार रहेको विद्युतीय गाडीको लञ्च ओमोडा जेको बुटवल भैरहवा सोरूमका प्रबन्धक राजिव खनालले सार्वजनिक गरे । कम्पनीले जेसिक्सटीको आधिकारिक मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तय गरे पनि अहिले विशेष अफर अन्तर्गत २ लाख रुपैयाँ छुट दिँदै ६६ लाख ९९ हजार रूपैयाँमा उपलब्ध गराएको प्रबन्धक खनालले बताए ।

कम्पनीले नयाँ जे सिक्स टी नयाँ डिजाइनसँगै ठूलो साइज, अझ अग्लो ग्राउण्ड क्लियरेन्स र थप फिचर राखेर ल्याएको छ । यो गाडी उच्च प्रदर्शन गर्ने सिएटिएल लिथियम आइरन फस्फेट व्याट्री रहेकोले ४३१ किलोमिटर रेन्ज प्रदान गर्नेछ । गाडीमा नेपालीको भू बनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको खनालले बताए । गाडीको इन्टेरियरमा पनि विशासितताको विशेष ध्यान दिइएको छ ।

यसमा १५.६ इन्चको विशाल सेन्ट्रल टचस्कीन, ९.२ इन्चको इन्स्टुमेन्ट प्यानल, ५० वाटको वायरलेस चार्जर र ८ स्पीकर साउण्ड सिस्टम जस्ता विशेषता रहेका छन । आफ्नो बोल्ड स्टाइल र अल रोड क्षमताका साथ जेसिक्सटी दिगो विद्युतीय शक्ति र अफ रोड मजबुती खोज्ने एसयुभी प्रेमीहरुको लागि उत्कृष्ट रोजाइ बनेको सोरुमका विक्री सहजकर्ता तिलक गैरेले बताए । अहिलेसम्म सुरुमा ५ वटा गाडी बुकिङ भइसकेको उनको बताए । गाडीको ३ वटा कलर अप्सन रहेका छन् ।