तुलसी राम पौडेल –
सियारी,चैत १७
“उद्दमशिलता र पारदर्शिता ;सहकारीको प्राथमिकता भन्ने नाराका साथ ६९ औं रास्टिय सहकारी दिवसको शुभ अवसरमा रुपन्देहीको सियारी गाउँपालिकामा पालिका अन्तर्गतका सहकारी संचालक तथा व्यवस्थापकहरुको सहकारी शिक्षा तथा क्षमता विकास सम्बन्धि २ दिने तालिम गाउँपालिकाको सभा हलमा सम्पन्न भयो ।सियारी गाउँपालिका सियारी सहकारी शाखाको आयोजनामा संचालित उक्त तालिममा ३६ जना सहभागी भएका थिए ।
सहकारी कार्यालयको गतिविधि पारदर्शी र उद्दमशिलत बनोस् भन्ने अभिप्रायले सो तालिमको आयोजना गरिएको हो ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुले सहकारीले अनुशासन एवं नियम विधान अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा प्रशिक्षक लोकनाथ अधिकारी ,कमल भट्टराई र शर्मिला गौतम भट्टराईले सहजीकरण गर्नुभएको थियो ।
सियारी गाउँपालिका उपाध्यक्ष तारा थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहकारी शाखा प्रमुख लक्ष्मी खत्रीले गर्नुभएको थियो ।


