देवदहमा सिटिजन लिडर्स सम्मान कार्यक्रम

मेचीकाली संवाददाता

२२ चैत्र २०८२, आईतवार
22 shares

देवदह । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देवदह शाखाले ‘सिटिजन लिडर्स सम्मान कार्यक्रम २०८२’ सम्पन्न गरेको छ । समारोहमा उत्कृष्ट कार्य गर्ने सिटिजन लिडर्सहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख व्यवसाय अधिकृत (सीओबी–मध्य र मध्य पश्चिम क्षेत्र) सुनिल पोखरेलले सिटिजन लिडर्सहरूको अथक मिहिनेतको प्रशंसा गर्दै आगामी दिनमा अझै सशक्त भएर अगाडि बढ्न आग्रह गरे । यस्तै कम्पनीका रिजनल म्यानेजर (आरएम) दुर्गा राज ढकाल र ट्रेनिङ विभागका कुबेर पाठकले लिडर्सहरूलाई उत्प्रेरणा दिँदै व्यवसायिक सफलताका बारेमा सहजीकरण गरेका थिए ।

सिटिजन लाइफ इन्स्योरेन्स देवदह शाखा प्रमुख बिनिता श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा डान्सिङ आइडल गित आले र सिङ्गिङ आइडल कृति पौडेलले आफ्नो प्रस्तुती दिएका थिए ।