आइक्यानद्वारा विद्यार्थीलाई परामर्श भिडियो शृंखला सार्वजनिक

मेचीकाली संवाददाता

२६ चैत्र २०८२, बिहीबार
25 shares

गर्ने बुटवल, चैत २६ । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संवाद प्रोत्साहन गर्ने उद्देश्यसहित बुटवल–८ सुख्खानगर शुक्रपथस्थित आई क्यान एजुकेशन सर्भिसेजले मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो शृंखला सार्वजनिक गरेको छ । एसईई दिएका विद्यार्थी र ‘अवरोड स्टडी’ गर्न जाने विद्यार्थीलाई लक्षित गरी आइक्यानले तनाव र चिन्ता व्यवस्थापनको लागि ७ वटा ‘लञ्च’ गरेको हो । भिडियो बोर्ड इग्जाम सिरिज र अबरोर्ड स्टडी सिरिज रहेका छन् ।

सर्भिसेजका संस्थापक बिशाल श्रेष्ठले परीक्षामा तनाव व्यवस्थापन, अध्ययनको सही तयारीका र परीक्षा हलमा हुने पेनिकलाई व्यवस्थापनमा केन्द्रित भिडियो रहेको बताए । त्यस्तै विदेश जाने विद्यार्थीहरुलाई मानसिक समायोजन, एक्लोपन, शैक्षिक दबाब र आर्थिक तनाव र विदेशका विश्वविद्यालयहरुमा उपलब्ध मानसिक स्वास्थ्य सेवाहरु केन्द्रित रहेका श्रेष्ठले बताए । भिडियोहरु आइक्यान एजुकेशन सर्भिसेजको फेसबुक, इन्टाग्राम र टिकटकमार्फत हेर्न सकिन्छ । साइकोलोजिष्ट ओसिन श्रेष्ठले युवाहरुमा बढ्दो मानसिक दबाब र चिन्तालाई ध्यानमा राख्दै भिडियो निर्माण गरिएको बताइन् ।

यस्ता विषयहरु खुलेर चर्चा नगरिने भएकोले, धेरै विद्यार्थीहरु एक्लै संघर्ष गरिरहेका हुन्छन् । त्यसैले मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर सचेतनामूलक सामग्री उत्पादन गर्ने पहल गरिएको हो । यसको राम्रो प्रभाव परेको छ ।’ सन् २०१३ मा स्थापना भएको आइक्यानले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको करियर काउन्सिलसमेत गर्दै आएको छ । अष्ट्रेलिया युकेलगायतका इङ्लिस स्पिकिङ देशहरुमा आइक्यानले काम गर्दै आएको छ ।