मगर महिला संघ बुटवलद्धारा नयाँ वर्षको शुभकामना आदानप्रदान

मेचीकाली संवाददाता

३० चैत्र २०८२, सोमबार
31 shares

बुटवल, चैत ३० । नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिको दोस्रो बैठक तथा नयाँ वर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । संघको दोस्रो बैठकले समितिको चौथो अधिबेसन सम्पन्न भएको केन्द्रीय समितिलाई जानकारी तथा केन्द्रमा भएको ८औँ अधिबेशनबाट निर्बाचित नयाँ कार्यसमितिलाई बधाई दिदै मगर संस्कृतीको संरक्षण गर्ने तथा मगर महिलाको कार्यालाय व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्य पम्फा थापा मगरले मगर महिलाले हरेक क्षेत्रमा नेतृत्व लिन तयार हुन पर्ने बताउँदै आफुले हरेक काम गर्न सक्छु भन्ने भाबनाको बिकास गर्नुपर्ने बताइन् । कार्यक्रममा संस्थाका संस्थापक तथा संरक्षक ओमी पुनले आफ्ना भनाई राख्दै नेतृत्व कसैले पुस गरेर भन्दा पनि स्वतस्फुर्त हुनपर्ने भन्दै मगर महिला इमान्दारीपुर्वक काम गर्न सधै तयार रहेको बताइन् ।

मगर संघ लुम्बिनी प्रदेशका सल्लाहकार समाजसेवी मनोज राना, मगर संघ सचिवालय सदस्य लालबहादुर थापा मगर, महिला संघका पुर्व अध्यक्ष माया गलामी, संघका प्रेस सल्लाहाकार मिलन गाहालगायतले बोल्दै विगतका वर्षजस्तो भएपनि नयाँ वर्ष २०८३ साल हरेक नेपालीको लागि राम्रो बनोस् भन्दै शुभकामना व्यक्त गरे । कार्यक्रम नन्दा थापाको अध्यक्षता, उपाध्यक्ष मुना काउचाको स्वागत तथा सचिब तिर्थकुमारी सोमरेको सञ्चालनमा सम्पन्न भएको थियो ।