बुटवल । सडक सुरक्षा र सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने गरी एटिएस नेपालले ल्याएको क्यूआर कोड र एप्लिकेशन प्रभावकारी देखिएको छ । एटिएस नेपालले तीन वर्ष अघि सुरक्षित नेपालको परिकल्पनासहित यो प्रविधि प्रयोगमा ल्याएको थियो । एटिएस नेपालका सञ्चालक विजय कंडेलले भेइकल सेफटी र पार्किङ सोलुसनका लागि यो प्रविधि सुरू गरिएको बताए । भारतमा लामो अध्ययन गरेको कंडेल २०८० साउनमा यो स्टार्टअप शुरु गरेका हुन् ।
‘गाडीमा क्यूआर कोड राख्छिन । त्यो कोडलाई स्क्यान गरेरपछि त्यहाँ गाडीको चालकदेखि त्यहाँ सेट गरिएको नम्बर अनुसार परिवारसम्म सम्पर्कमा पुग्न सकिन्छ । यो भनेको गाडी पार्किङमा छाडेर कतै भुल्यो भने पनि सुचना र दुर्घटना भएको अवस्थामा नजिकको व्यक्तिसम्म छिटो पुग्न सकिन्छ ।’ जहा दुर्घटना भएको फोटो अपलोड गरे त्यो सहयोगका लागि एम्बुलेन्स सेवा दिनेछ । अहिले पार्किङ बुकिङको सेवा नभएको भएपनि आगामी वर्षमा पार्किङ ब्यवस्थापन दिने योजना रहेको उनले बताए । यसमा नम्बरको प्रयोग हुँदैन प्राइभेसी हुन्छ । यो क्यूआर दुई पाङग्रे र चार पाङग्रे गाडीमा प्रयोग गर्न मिल्नेछ ।
अहिलेसम्म यो क्यूआर कोड ५ हजार गाडीमा प्रयोग भइसकेको कंडेलले बताए । ‘सामाजिक सुरक्षा र प्रविधिको जनचेतना फैलाउदै हामी प्रयोगकर्ताको भरोसा बन्न सफल भएका छौं’ कंडेल भन्छन, ‘आगामी वर्ष यो प्रयोगकर्ताको संख्या ४० हजार पु¥याउने लक्ष्य छ ।’एटिएस नेपालका सल्लाहकार राजु पाण्डेले सुरुमा जडान गर्दा चार पाङग्रेमा ८ सय र दुई पाङग्रेमा ५ सय रुपैया लाग्ने बताए । हरेक वर्ष नविकरण गर्दा शुल्क सुरुमा जडान गर्दाको भन्दा आधा सस्तो हुने उनको भनाइ छ । क्यु आर आधारित दुर्घटना चेतावनी प्रणाली, सवारी साधन बिग्रिएको समय, सर्भिसिङ अलर्ट, स्पेयर पार्टस लगायत मद्यत मिल्नेछ । सञ्चालक राजन पाठकले युवाहरुको स्टार्टअप धेरै प्रभावकारी समेत देखिएको बताए । एपिआईमार्पmत प्राईभेसी म्यान्टेन्ट गर्ने उनको दाबी छ । ट्राफिक ब्यवस्थापनको लागि समेत सहकार्य हुने देखिएको उनले बताए ।
