बुटवल । इलाका प्रहरी कार्यालय धकधईलाई एक थान होन्डा कम्पनीको साइन मोटरसाइकल सहयोग प्राप्त भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–४ मझौलीस्थित होन्डा कम्पनीको २ पाङ्ग्रे स्कुटर तथा मोटरसाइकलको एसेम्बलीङ उद्योग हिमाल मोटो नेपाल प्रालि र स्याकार ट्रेडिङ कम्पनी प्रालिले संयुक्त रुपमा प्रहरी कार्यालयलाई मोटरसाइकल सहयोग गरेका हुन् ।
एक कार्यक्रमका बीच उक्त मोटरसाइकल होन्डा कम्पनीका एसिया र ओसिनिया क्षेत्रका उपाध्यक्ष Mr. Toshio Kuwahara र हिमाल मोटो नेपालका ओनर सौरभ ज्योतीले इलाका प्रहरी कार्यालय धकधईका इन्चार्ज रामभक्त भट्टराईलाई हस्तान्तरण गरेका थिए । उक्त मोटरसाइकलको मूल्य ३ लाख १३ हजार ९ सय रुपैयाँ रहेको छ ।
कार्यक्रममा बोल्दै हिमाल मोटो नेपालका ओनर सौरभ ज्योतीले शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई सहयोग पु¥याउने उद्देश्यले मोटरसाइकल हस्तान्तरण गरीएको बताए । ‘सामाजिक कार्यहरूमा सामेल हुन र राष्ट्रको सुरक्षा बललाई सहयोग गर्न पाउनु हाम्रो लागि गौरबको कुरा हो ।’, उनले भने । शान्तिपूर्ण गस्तीका लागि नेपाल प्रहरीले मोटरसाइलको प्रयोग गर्ने उनले विस्वास व्यक्त गरे । होन्डा कम्पनीको मोटरसाइकल प्रयोग गर्न चाहाने ग्राहकहरुलाई उत्कृष्ट माइलेज, लुक्स र क्वालिटीयुक्त सेवा प्रदान गर्न होन्डा सधैँ समरपित रहेको बताउँदै ओनर सौरभ ज्योतीले देशमा रोजगारी सिर्जना गरी समृद्ध मुलुक निर्माणका लागि ज्योति ग्रुप लागिरहेको जानकारी दिए ।
प्राप्त भएको मोटरसाइलकले प्रहरी परिचालनमा सहयोग पुग्ने इलाका प्रहरी कार्यालय धकधईका इन्चार्ज भट्टराईले बताए । ‘हामी सँग सवारी साधन अभाव नै छ, यो मोटरसाइलकले प्रहरीको पहुँच समयमै पु¥याउन मद्धत पुग्ने बिश्वास लिएका छौँ ।,’ उनले भने । सहयोग प्राप्त भएको उक्त मोटरसाइकल धकधई आसपास नै प्रयोग गरिने उनले जानकारी दिए ।
कार्यक्रममा होन्डा मोटर जापानका बिक्री म्यानेजर Mr. Yoshiki Kamio र Pic Kojiro Kamiya का साथै स्याकार ट्रेडिङ कम्पनीका ओनर सुहृद ज्योती, जरनल म्यानेजर सोहनबहादुर श्रेष्ठ, सर्भिस म्यानेजर सीताराम न्यौपाने, पार्टस म्यानेजर प्रलाद गौतम, इम्पोट हेड बन्दन कार्की, प्रविन पौडेल, प्लान्ट हेड सरोज पाण्डे, इलाका प्रहरी कार्यालय धकधईका ट्राफीक सई रेशम रिजाल लगायतको उपस्थीति रहेको थियो । कार्यक्रम टंकबहादुर दर्लामीको सञ्चालनमा सम्पन्न भएको थियो ।
