आमा जागरण समूहमा नयाँ नेतृत्व चयन

मेचीकाली संवाददाता

१२ बैशाख २०८३, शनिबार
36 shares

बुटवल । आमा जागरण समूह बुटवल उपमहानगरपालिका–२ तल्लो फूलबारी को १९ औं साधारणसभा तथा १० औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । समूहको अध्यक्षमा मनु थापा, उपाध्यक्षमा धनमाया नेपाली, सचिव पदमा शाक्य, सहसचिवमा टुलमाया पाटा र कोषाध्यक्षमा शशी कुँवर मगर चयन भएका छन ।

यस्तैगरी सदस्यहरुमा धनकुमारी महतो, लक्ष्मी केसी, निमा खड्का र लक्ष्मी अधिकारी चयन भएका छ । दुई दशकअघि स्थापना भएको समूहले विभिन्न रचनात्मक काम र सामाजिक कार्य गर्दै आइरहेको छ । समूहले अधिवेशनको पूर्व सन्ध्यामा मानवसेवा आश्रम बुटवलमा भोजन गराएको थियो ।