नृत्यकर्मी संघमा पद हस्तान्तरण

मेचीकाली संवाददाता

२० बैशाख २०८३, आईतवार
25 shares

बुटवल । नृत्यकर्मी संघ नेपाल, रुपन्देहीको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । संघको हालै सम्पन्न साधारणसभा तथा दोस्रो अधिवेशनबाट प्रियङ्का थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन भएको थियो । आइतबार बुटवलमा कार्यक्रम गरी मुकेश गुरुङले नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा बोल्दै संघका सल्लाहकार तथा लुम्बिनी बोर्डिङ स्कुलका प्राचार्य लालहरि पाण्डेले नेपाली कला र नृत्य संरक्षणमा संघको भूमिका अतुलनीय रहेको चर्चा गरे । पाण्डेले नेपालको कला संस्कृति र परम्परालाई बचाउनको लागि विभिन्न प्रशिक्षणहरु सञ्चालन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष मुकेश गुरुङले आफ्नो कार्यकालमा सदस्यको क्षमता र नेतृत्व विकासका विभिन्न प्रशिक्षण गरिएको बताए ।

नृत्य निर्देशक संघ रुपन्देहीका अध्यक्ष सुन्दर गुरूङले कलाकारिताको लागि सबै एकजुट हुन आवश्यक रहेको बताए । कार्यक्रममा वरिष्ठ कलाकार नारायण थापा, नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष मीना बुढाथोकी, साधना कला केन्द्रका सञ्चालक अनु रजकलगायतले बोलेका थिए ।

अधिवेशनबाट अध्यक्षमा प्रियङ्का थापा, उपाध्यक्षमा हिमाल थापा, सचिवमा पुनम थापा, कोषाध्यक्षमा दुर्गा राना, सहसचिवमा युवराज जर्घामगर र सहकोषाध्यक्षमा ज्ञानु गुरुङ रहेका छन् । यस्तैगरी सदस्यहरुमा रोशन गुरुङ, रोहन थापा, पूर्णिमा पुन, शान्ता थापा र रविन थापा रहेका छन् । मुकेश गुरुङको अध्यक्षता, युवराज जर्घामगरको स्वागत तथा दुर्गा रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।