वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

मेचीकाली संवाददाता

२३ बैशाख २०८३, बुधबार
12 shares

बुटवल। होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न मेगा कलेजले स्नातक तहमा व्याचलर अफ इन्फमेशन टेक्नोलोजी ९बिआइटी० कार्यक्रम भित्राएको छ । बिएचएम र एमबिए पठनपाठन गराउँदै आएको कलेजले यसै शैक्षिक सत्रदेखि बिआइटी सुरु गर्न लागेको हो ।

कलेजले बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिँदै ४ वर्षे कोर्षको लागि ७ लाख ५० हजार शुल्क लाग्ने प्राचार्य किशु शर्माले जानकारी दिए । लिंकन युनिभसिटी कलेजबाट सम्बन्धन लिएको छ । यो विषय पढन जुनसुकै विषयमा प्लस टु उत्तीर्ण विद्यार्थीले पढन पाउनेछन । विद्यार्थीलाई पढन अनुकुलताको लागि बिहानी र दिवा दुवै रहेको प्राचार्य शर्माको भनाइ छ । बुटवल उपमहानगरपालिका १५ ढवाहास्थित वेस्टन कलेज आरम्भ गु्रप अफ हस्पिटालिटीको पब्लिक कम्पनीबाट सञ्चालित कलेज हो ।

आरम्भ रिर्सोट सञ्चालनकै क्रममा २०७० देखि बिएचएम को पढाई सुरु गरेको थियो । कलेजका अध्यक्ष मेघनाथ पन्थले कलेजमा विद्यार्थीको चाप रहेको बताए । अन्य क्याम्पसहरुमा विद्यार्थी घटिरहेको बताइए पनि आफ्नोमा त्यस्तो महशुस नगरेको बताए । बिआइटी अध्ययन गर्ने विद्यार्थी बेरोजगार नहुने उनको भनाइ छ ।