मानव अधिकार समुह बुद्धभुमिले बुझायो ध्यानाकर्षण पत्र

मेचीकाली संवाददाता

११ आश्विन २०७८, सोमबार
573 shares

सुनिल आचार्य
कपिलवस्तु । मानव अधिकार समुह बुद्धभुमिका अध्यक्ष कृष्ण प्रसाद खनालको संयोजकत्वमा बुद्धभूमि नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाईएको छ ।

इन्सेक, मानव अधिकार समुहले स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने पहल अन्तरगतको कार्यक्रम सन्चालन गर्दै आएको छ । यस नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा समुदायलाई सचेत पार्न छलफल र अन्तरक्रियाहरु भैरहेका छन् । यस बुद्धभूमि नगरपालिकामा खाद्य अधिकारका सवालमा जिम्मेवार निकाय कृषि शाखामा अनुगमन गर्दा पाईएका बिभिन्न बिषय बस्तुहरुको माग सहित ध्यानाकर्षण गर्न चाहान्छौं भन्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

यस भेगको कृषक लाई खेतीपाती गर्दा ब्यहोर्नु परेको मुख्य समस्या सिचाँई हो । नगर पालिकाबाट पम्प, मोटर न्युन मात्रामा बितरण गरिएको छ । माग अनुसार बोणिङ, टयुवेलको बितरण पनि सहज र सरल बनाई आवश्यक्ता अनुसार यथोचित बितरण गरियोस । आधुनिक कृषि प्रविधिमा सामाग्रीको प्रयोग जरुरी छ । कृषक लाई टेक्टर, थ्रेसर, धान काटने कम्पाइनर जस्ता यन्त्र उपकरणहरुका लागी अनुदान उपलब्ध गराउनु पर्ने, सस्तो सुलभ दरमा कृषि ऋणको प्रबन्ध गरि कृषि बित्तलाई प्राथमिकता दिनु पर्ने जरुरी छ ।

यसैगरी मलखाद बितरण गर्दा प्रत्येक वडामा एक जना डिलर नियुक्त गरि प्रति किलो रु. १ कमीशनमा बितरण गरिने रहेछ । तर मलखाद न्युन हुने, मलखाद आएको सूचना कृषकहरुले समयमा नपाउने गरेकोले, मलखाद बितरण गर्दा सर्बसाधारणलाई जानकारी हुनेगरि वितरणको प्रबन्ध मिलाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

बिउ बिजन बितरणका लागी तरकारीको बिउ बिजन समूह मार्फत बितरण हुँदा समूह सँग आवद्ध नरहेका कृषकहरुको लागि पनि यथोचित ध्यान दिन आग्रह गरिएको छ । करिब २ सयको संख्यामा रहेका सहकारी समूहहरु मात्र लाभान्वीत वर्गमा परेका छन् । प्रत्येक वडामा निश्चित कोटा तोकि समूह दर्ता गरि बिउ बिजन बितरण प्रक्रिया अपनाउनु पर्ने । अन्न बाली बितरण गर्दा मसिना धानको बिउ बिजनका लागी मात्र आएको, मोटा धान खोज्ने कृषकहरुले उक्त बिउ नलगेको कारण रकम नै फ्रिज भएर गएको कृषि शाखाबाट जानकारी लिएको छ ।

नेपाल सरकारबाट प्राप्त सुबिधा समेत प्रयोग नभइ गुम्न जानु उपयुक्त होइन । किटनाशक औषधीका लागी कृषकहरु लाई प्राविधिक सल्लाहको आबश्यक रहेको । कृषकहरुका लागि समयमा तरकारीको बिउ बिजन नआएको, मलखाद समयमा नआएको, बेमौसमी खेती गर्न चाहने कृषकहरुले प्रत्येक बर्ष समस्या भोग्दै आएको हुँदा यस तर्फ नगरपालिकाको ध्यान जानु जरुरि देखिन्छ ।

कोभिड बाट कृषि क्षेत्र र कृषकहरु पनि प्रभावित भएका छन । कृषकहरुका लागी खोपको ब्यवस्था अलग्गै गर्नु पर्ने, ब्यापारी ब्यवसायीहरुका लागी राज्यले खोपको कार्यक्रम ल्यायो तर कृषकहरुका लागी भनेर कुनै कार्यक्रम ल्याएन । कृषकका उत्पादन धान, गहुँ, तरकारी बिक्री बितरण नभई त्यसै खेर गइ रहेको अवस्था छ । यस तर्फ पनि कुनै जिम्मेवार समिती समूह मार्फत मूल्य तोकि बिक्री बितरणको प्रबन्ध मिलाउनु पर्ने देखिएको छ ।

अर्थतन्त्र बृद्धि र बिकासका लागी कृषिको महत्वपुर्ण भूमिका छ । स्थानीय सरकार अहिलेको संघिय संरचनामा तल्लो तहमा अधिकार प्राप्त निकाय हो । यसरी कृषिको समस्या समाधानका लागी नगर प्रमुख एवम नगर कार्यपालिकाको ध्यानआर्कषण गर्न चाहान्छौ, ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै नगरपालिकाका प्रशासकिय अधिकृत राजन पोखरेलले नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिंदै आएको बताए । साथै ध्यानाकर्षण पत्रमा आएका सुझावहरुलाई ग्रहरण गर्दै नगरपालिकाले सुधारगर्नु पर्ने पक्षलाई सुधारगर्दै जाने बताए ।

यस्तै मानव अधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनालले सेवाग्राहीहरु बाट आएका गुनासाहरुलाई बिगत २ वर्ष देखि नगरपालिका समक्ष ध्यानाकर्षणपत्र मार्फत जानकारी गराउँदै आएको बताए । शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धि अन्तरक्रिया गरेर सेवा प्रदायक र सेवा ग्राहीहरु बिच समस्याहरुको समाधानहरुको लागि पहल गर्दै आईरहेको बताए ।

समयमा किसानहरुलाई गुणस्तरिय बिउबिजन उपलब्ध गराउनु पर्छ, मलखाद, बिभिन्न तरकारीका बिउहरु र कृषि सामाग्रीहरु समयमा उपलब्ध गराउनु पर्छ भन्ने बिषयमा नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाईएको हो । उक्त ध्यानाकर्षण पत्र बुझाउन जाँदा इन्सेक सहजकर्ता पार्बती आचार्य, मानव अधिकार समुहका सदस्य महेन्द्र प्रसाद खनाल, प्रबिण बिश्वकर्मा, जानुका आचार्य र बाणगंगा मानव अधिकार समुहका सदस्य रुपा पालुङ्गे मगर लगाएतको सहभागिता रहेको थियो ।