लुम्बिनी ज्योतिष तथा वास्तु सेवाद्वारा बालबालिकालाई संस्कार शिक्षा कार्यक्रम

मेचीकाली संवाददाता

१५ जेष्ठ २०८३, शुक्रबार
180 shares

बुटवल। लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रालिले शुक्रबार बुटवलमा साना बालबालिकालाई लक्षित गरी संस्कार शिक्षा विषय उद्घोषण कार्यक्रम गरेको छ । बालबच्चालाई गलत बाटोमा जानबाट जोगाउँदै सनातन परम्परा अनुसारको ज्ञान सिकाउने उद्देश्यसहित कार्यक्रम गरिएको हो ।


कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले संस्कार शिक्षा मानिसको व्यक्तित्व, व्यवहार र सोचलाई सही दिशामा विकास गर्न अत्यन्त आवश्यक रहेको बताइन । उनले बालबालिकालाई केवल किताबको ज्ञान मात्र होइन, राम्रो आचरण, नैतिकता र जिम्मेवारी बनाउन आवश्यक रहेकोमा जोड दिइन । बालबालिका प्रशिक्षण दिँदै प्रमुख वाचक डा।स्वामी केशवानन्दले बालबालिकामा अब नैतिक र संस्कार सहितको शिक्षाको खाँचो रहेको बताए । उनले इन्टरनेटको बढ्दो प्रयोग र एल्गोरिदमले बालबच्चामा धेरै असर पु¥याएकोले त्यसलाई सुधारको लागि सानैदेखि संस्कार शिक्षाको आवश्यक रहेको बताए । लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रालिका सञ्चालक ज्योतिष जनार्दन न्यौपानेले विगत एक वर्षदेखि ८० जना बालबालिकालाई सांस्कार शिक्षा सिकाउदै आएको बताए ।


लुम्बिनी ज्योतिष तथा वास्तु सेवा प्रालिका सञ्चालक सुन्दर भण्डारीले शुक्रबार भएको संस्कार शिक्षा कार्यक्रममा २०० भन्दा बढी बालबालिका र उनीहरुको अभिभावक सहभागी भएको जानकारी दिए । लुम्बिनी वास्तु सेवा प्रालिले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । कार्यक्रममा बालबालिकाहरुले विभिन्न धार्मिक स्लोकहरु वचन गरेका थिए ।